काठमाडौँ – पछिल्लो समय केहि सस्तो भइरहेको सुनको मूल्य सोमबार बढेको छ। आइतबार घटेको सुनको मूल्य सोमबार बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँ बढेको छ। जससँगै नेपाली बजारमा छापावाला सुनको मूल्य ८८ हजार ७ सय कायम भएको छ।
त्यस्तै सोमबार तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैंयाँले बढेको छ। नेपाल बजारमा आज तेजाबी सुन ८८ हजार २ सय ५० रुपैंयाँमा कारोबार भइरहेको छ। यस अगाडी आइतबार छापावाला सुनको मूल्य ८८ हजार ३ सय र तेजाबी सुनको मूल्य ८७ हजार ८ सय ५० थियो।
पछिल्ला केहि महिनाहरुमा भन्दा फागुन महिनामा सुनको मूल्य केहि सस्तो भएको छ। फागुन ७ गते सुन जेठ महिना यताकै सस्तो भएको थियो। त्यस दिन छापावाला सुन ८८ हजार २ सय र तेजाबी सुन ८७ हजार ७ सय ५०मा कारोबार भएको थियो।
चाँदीको मूल्य
आज चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तोलामा रु ५ले बढेर चाँदीको मूल्य १ हजार ३ सय ३० कायम भएको छ।