हस्तरेखाशास्त्रका अनुसार हत्केलामा बनेका रेखा तथा पर्वतको मद्दतले मानिसको भविष्यको बारेमा जानकारी पाउन सकिन्छ। हस्तरेखाविज्ञान अनुसार कुनै व्यक्तिको हत्केलामा शुभ रेखाहरू हुन्छन भने कसैको हातमा अशुभ रेखाहरू हुन्छन्। हातमा रहेका शुभ रेखा =ले शुभ फल दिन्छन् भने अशुभ रेखाहरुले धेरै प्रकारका कष्ट निम्त्याउन सक्छ। हरेक मानिसको हत्केलामा विभिन्न रेखा तथा पर्वत हुन्छन्। यी रेखाहर शुभ वा अशुभ दुबै हुन सक्छन्। यस्तोमा केहि अशुभ निशानहरू र संकेतहरूको बारेमा थाहा पाउनुहोस् ….
भाग्यरेखा

हत्केलामा हुने भाग्य रेखा एकदम महत्त्वपूर्ण रेखा मानिन्छ। यदि भाग्यरेखाले शनि पर्वतलाई भेट्छ वा केही क्षैतिज रेखामा काट्छ भने, त्यस व्यक्तिलाई आफ्नो क्यारियर र पैसा सम्बन्धि मामिलाहरूमा धेरै समस्याहरूले सताउन सक्छ।
विवाह रेखा

यदि कसैको हत्केलामा विवाह रेखा स्पष्ट छैन। बरु, त्यसमा क्रसको छाप बनेको छ भने त्यस्ता व्यक्तिहरूले जीवनमा छोटो समयको लागि मात्र आफ्नो जीवानसाथीको साथ प्राप्त गर्छ।
पारिवारिक दुख

यदि कुनै व्यक्तिको औंठाबाट कुनै रेखा निस्केर शुक्र पर्वत हुँदै भाग्यरेखालाई काट्दै निस्किन्छ भने यस्ता व्यक्तिले पारिवारिक दुख भोग्नु पर्ने हुनसक्छ। यस्ता मानिसले परिवारका सदस्य गुमाउने सम्भावना पनि रहन्छ।
असफलता

यदि कसैलको हत्केलाको अनामिका औंला वरिपरि क्रस लाइनहरू बनेको छ भने, त्यस व्यक्तिले खराब समयको सामना गर्नुपर्दछ र जीवनमा लगातार असफलताहरूको सामना गर्नुपर्ने हुन्छ।
यस्ता व्यक्तिमा रहन्छ स्वास्थ्य सम्बन्धि समस्या

यदि हत्केलाको विवाह रेखामा वर्ग समान कुनै निशान छ भने यस्ता मानिस सधैं कुनै न कुनै रोगबाट ग्रसित हुन्छन्। हत्केलामा यस्ता निशानहरूले व्यक्तिको नराम्रो स्वास्थ्यलाई संकेत गर्छ।

