बार्सिलोनामा क्लब कप्तानको भविष्यको बारेमा अझै पनि कुनै निश्चित निर्णय रहेको छैन। क्लबकै सर्वोत्कृष्ट खेलाडी लियोनल मेस्सीले क्लब छाड्ने चर्चा गत सिजनको अन्त्यदेखि नै रहेको छ। सिजनको अन्तिमसम्म कुनै निर्णय नलिने स्वयम् मेस्सीले भनिसकेका भएतापनि धेरैले अर्जेन्टिनी दिग्गजले स्पेन छाड्ने अनुमान गरिरहेका छन्।
मेस्सीको भविष्य बारे निश्चित हुन भने सजिलो छैन। यदि मेस्सीले क्याटालोनिया क्लबमा आफ्नो उत्कृष्ट खेलजीवनको अन्त्य गर्ने निर्णय गरे भने बार्सिलोना २०२१/२२ पश्चातको लागि मेस्सी बिनाको योजाना गर्न बाध्य हुनेछ।
मेस्सीले क्लब छाड्ने फैसला गरेता पनि क्लबका प्रशिक्षक रोनाल्ड कोमनले ठूलो ट्रान्सफर बजेट प्राप्त गर्ने छैनन्। यस्तोमा कोमनलाई क्लबको प्रसिद्ध ला मासिया एकेडेमीका खेलाडी तर्फ फर्कनु आवश्यक हुन्छ। यस्तोमा,आज हामी यस्ता तीन खेलाडीका बारेमा कुरा गर्दैछौं जो लियोनल मेस्सीले बार्सिलोना छाडेको खण्डमा क्लबको स्टार खेलाडी बन्नसक्छन्।
अन्सु फाती
पछिल्लो सीजनमा स्पेनी अन्तर्राष्ट्रियले ला लिगा, च्याम्पियन्स लिग र अन्तर्राष्ट्रिय रेकर्डहरूलाई तोडेसँगै विश्व फुटबल माझ प्रख्यात भए अन्सु फाती। २०२०२१ मा बलियो सुरुवात गरेका फाती हाल भने चोटका कारण मैदान बाहिर रहेका छन्। फातीले चोट पुनःस्थापनाको प्रक्रियामा अवरोधहरू सामना गर्नु परेको छ र यस सीजन कोमनको टिममा फेरि देखा पर्न नसक्ने सम्भावना रहेको मार्काले जनाएको छ। तर चोटबाट फर्केपछि मेस्सी-एरा पश्चात तुरुन्त क्लबका स्टार म्यान बन्नसक्छन्।
इलाएक्स मोरिबा
पहिलो टोलीमा चोटपटक र क्लबको युवा समूहको माध्यमबाट द्रुत वृद्धिले मिडफिल्डर मोरिबालाई कोमानको योजनामा ल्याएको छ। १८ वर्षीय ला मसिया स्टारले पहिले एडभान्स भूमिकामा काम गरिसकेको थिए तर उसको क्षमताका अनुसार उनी कुनै पनि स्थानमा खेल्न सक्षम छन्। यस्तोमा, बार्सिलोना उनलाई क्लबमा नै राख्न कटिबद्ध छ र उनको खेलजीवनको सुनौला दिनहरु बार्सिलोनामा नै बिताउन्। हालै एक रिपोर्टका अनुसार बार्साले मोरिबालाई १०० मिलियन रिलिज कलजका साथ नयाँ सम्झौता प्रस्ताव गर्न तयार छ।
फ्रान्सिस्को ट्रिन्काओ
ला मासिया प्रणालीको माध्यमबाट नआएता पनि पोर्चुगिज स्टार ट्रिन्काओ हरेक पक्षबाट बार्सिलोनाको आदर्श स्टार बन्ने खेलाडी देखिन्छन्। उनले २०२०/२१ मा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई कोमनको योजनाहरूमा गणना गर्न बाध्य तुल्याएका छन्। उनको क्षमता युरोपमा कुनै पनि युवा खेलाडी भन्दा माथि छ। यस्तोमा बार्सिलोना प्रशंसकहरूले उनलाई बार्सिलोनाको पहिलो टिममा एन्टोइन ग्रिज्मनको उत्तराधिकारीको रूपमा हेरेका छन्।