आज फाल्गुन १९ गते बुधबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल !

मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सामाजिक तथा सार्वजनिक क्षेत्रमा प्रशंसाको  पात्र बन्नुहुनेछ। धन लाभको योग रहेको छ। पारिवारिक जीवनमा  सुख र सन्तोषको अनुभव हुनेछ। बौद्धिक चर्चामा हिस्सा  लिनुहुनेछ। वैचारिक रुपले आवेशमा रहनु हुनेछ। समाधानकारी व्यवहारबाट अधिक लाभ होला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

दिन आनन्दपुर्वक बित्नेछ। मानसिकरुपले  स्वस्थ रहनुहुनेछ।  कार्य निर्धारित रुपले योजना अनुसार पूर्ण हुनेछ । आर्थिक लाभ होला। अधुरो  कार्य पूर्ण हुनेछ। माईतबाट आनन्दको समाचार मिल्नेछ तथा लाभ हुनेछ।  स

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

जीवनसाथी र सन्तानको स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। कुनै प्रकारको वाद-विवाद वा  बौद्धिक चर्चाबाट टाढा रहनुहोला। अपमान नहोस यस कुराको ध्यान राख्नुहोला। मित्रमा खर्च हुनेछ। पेट सम्बन्धित बिरामीबाट समस्यामा रहनुहुनेछ। नयाँ कार्यको आरम्भमा निष्फलता मिल्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

ग्लानिले तपाईको मन व्यथित रहनेछ। प्रफुल्लितता, स्फूर्ति र आनन्दको अभाव रहनेछ। परिवारसँग झगडा हुनेछ। धनको खर्च हुनेछ। समयानुसार भोजन मिल्नेछैन। अनिन्द्राले सताउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

दिन सुख-शान्तिपूर्वक बित्नेछ। साथी तथा आफन्तसँग  निकटता अनुभव गर्नुहुनेछ। सम्बन्धको भावनाको गहिराई बुझ्नुहुनेछ। कुनै रमणीय पर्यटनस्थलमा जाने योजना बनाउनु हुनेछ। मानसिक रूपले चिन्ता रहित रहनुहुनेछ। कार्य-सफलताको  योग रहेको छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

परिवारमा आनन्दमय वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। बौद्धिक चर्चामा नउत्रिनुहोला। मिष्टान्न भोजन मिल्नेछ। व्यर्थ खर्च नगर्नुहोला।  विद्यार्थिको लागि कठिन समय रहेको छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

व्यवस्थितरुपले आर्थिक योजना बनाउनु हुनेछ। कुनै सिर्जनात्मक प्रवृत्ति हुन सक्ला। सिर्जनात्मक शक्ति श्रेष्ठ रहनेछ। शारीरिक र मानसिक रुपले स्वस्थताको अनुभ गर्नुहुनेछ। दृढ विचारको साथसाथै कार्य पूर्ण  गर्नुहुनेछ। आत्मविश्वास  वृद्धि हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

स्वभावमा  उग्रता र बोलिमा ध्यान राख्नुहोला। शारीरिक शिथिलता र मानसिक चिन्ताले मन निराश रहनेछ। आफन्त र परिवारसँग वाद-विवाद  होला। अदालती कार्यलिई सकेसम्म टाल्नुहोला। मनोरंजनमा खर्च हुनेछ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दिन तपाईको लागि लाभदायी रहेको छ। आर्थिक, सामाजिक र पारिवारिक क्षेत्रमा लाभ होला। मित्र र परिवारसँग पर्यटन स्थलमा जानाले आनन्द प्राप्त गर्नुहुनेछ। व्यापारमा लाभदायी दिन रहेको छ। परिवारमा सुख-शान्ति बनिरहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

परिवार र सन्तानको विषयमा आनन्दको साथ-साथै सन्तोष अनुभव गर्नुहुनेछ। मित्र र आफन्तसँग भएको भेटलले मन प्रसन्न रहनेछ। व्यवसायिक क्षेत्रमा धन तथा मान-प्रतिष्ठा वृद्धि  हुनेछ। उच्च अधिकारीको प्रसन्नता तपाई प्रति बनिरहनेछ। व्यवसायमा पदोन्नति मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

प्रतिस्पर्धिसँग वाद-विवाद नगर्नुहोला। शारीरिक रुपले अस्वस्थता  बनिरहनेछ।  शिथिलता र आलस्य बनिरहनेछ। मानसिकरुपले प्रसन्नता बनिरहनेछ। व्यवसायमा  उच्च अधिकारीसँग कार्य गर्ने समय सम्हालेर रहनुहोला। सन्तानको विषयमा चिन्ता रहनेछ। विदेशबाट समाचार मिल्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

अनैतिक कार्यमा नअल्झिनुहोला। क्रोध र बोलीमा ध्यान राख्नुहोला। स्वास्थ्यमा सावधानी राख्नुहोला। सरकार-विरोधी प्रवृत्तिबाट टाढा रहनुहोला। मानसिक रुपले तपाईको अस्वस्थ रहनुहुनेछ। परिवारसँग सम्बन्धमा नकारात्मकताको प्रवेश नहोस यसको ध्यान राख्नुहोला।

प्रकाशित : मङ्गलबार, फागुन १८, २०७७१८:१०

भोलि फाल्गुन २० गते बिहिबार,कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !