काठमाडौँ जिल्ला अदालतले गाेंगबु प्रकरणकी मूख्य अभियुक्त कल्पना मुडभरी (पौडेल) लाई घटना भएको करिब ७ महिनापछि अपराधी ठहर गर्दै जीवनभर कैदमा राख्ने फैसला सुनाएको छ। सो घटनामा संलग्न कल्पनाकी छोरीलाई भने सफाइ दिइएको छ।
गत साउन २५ गते रोल्पा रुन्टीगढी गाउँपालिका–७ का ४५ वर्षीय कृष्णबहादुर बोहराको ह-त्या गरेको अभियोगमा टोखा नगरपालिका–१० नवज्योति मार्ग बस्ने चितवन कालिका नगरपालिका–की ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) र निजकी १५ वर्षीया छोरीलाई प्रहरीले साउन २६ गते पक्राउ गरेको थियो। काठमाडौँ जिल्ला अदालतले कल्पनालाई फागुन १३ गते आजीवन कारावासको सजाय सुनाएको हो । यसअघि उलाई जगन्नथादेवल कारागारमा राखिएको थियो ।
मृतक कृष्णबहादुरको परिवारलाई भन राज्यको कोषबाट ५५ हजार रुपैयाँ राहत दिईने भएको छ।
बोहरा र मुडभरीबीच प्रेमसम्बन्ध रहेको र सम्बन्धमा दरार उत्पन्न भएपछि बोहराको ह-त्या गरेको कल्पनाले अदालतसमक्ष स्वीकार गरेकी थिइन् । उनले दहीमा ५ वटा स्लि-पिङ ट्याब्लेट घोलेर खुवाएपछि बेहोस भएका बोहराको अण्डकोषमा ह-म्मरले हा-नेकी थिइन्। त्यसपछि शवलाई टु’क्रा-टु’क्रा पारेर सुटकेशमा हालेर सडक किनारामा फ्याकेकी थिइन्।

