गगन भन्छन् – “ओलीलाई छिट्टो बिदा गर्नतिर लाग्नुपर्छ”

काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले पहिला प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउने विषय कांग्रेसको प्राथमिकता हुनुपर्ने बताएका छन्।

सर्लाहीमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले पहिला ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन तर्फ नेपाली कांग्रेस लाग्नुपर्ने बताएका हुन्।

नेपाल प्रेस युनियन सर्लाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नेक्रममा थापाले ओली विरुद्ध नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने बताए। अविश्वासको प्रस्ताव ल्याउने विषयमा अरुको मुख ताक्न नहुने उनको भनाई छ।

“पहिले सरकारमा जाने नजाने भन्दा पनि सरकार कसरी हटाउने भन्नेमा अब काँग्रेसले ध्यान दिनुपर्छ ।”,उनले भने,”अरूको मुख ताक्नु भन्दा आफैँले भए पनि अविश्वासको प्रस्ताव ल्याउन अग्रसर हुनुपर्छ।”

नेता थापाले नेपाली कांग्रेस सरकारमा जाने तर्फ भन्दा पनि संविधान रक्षाको पक्षमा उभिनुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले संविधान माथि नै प्रहार गरेका कारण अहिले संविधान रक्षाका लागि कदम चाल्न कांग्रेस पछि हट्न नहुने उनको भनाई छ।

प्रकाशित : बिहिबार, फागुन २०, २०७७१४:५०

केहि समयमै वृद्धभत्ता ५ हजार पुर्याउने ओलीको घोषणा !