रोनाल्डोले युभेन्टसबाट गरेको गोल सङ्ख्याले देखाउँदा उनी के चीज हुन् भनेर !

पोर्चुगिज दिग्गज क्रिस्टियानो रोनाल्डोले फुटबल जगतमा अनगिन्ती रेकर्ड बनाएका छन्। यस्तै उनले लगातार १२ सीजनमा २० गोल गर्ने पहिलो खेलाडी बन्दै अर्को रेकर्ड बनाएका छन्। ३६ वर्षीय युभेन्टस स्टारले स्पेजिया विरुद्द गोल गर्दै यस कीर्तिमान आफ्नो नाम गरेका हुन्।

उसको २० औं सेरी-ए गोलको अर्थ यो हो कि उनी लगातार १२ सत्रमा २०+ गोल गर्न सफल भएका छन्। आफू मध्ये ३० को उमरमा हुँदा पनि रोनाल्डोले आफ्नो खेलमा कुनै कमी आउन दिएका छैनन्। उनको आफ्नो करियरको ६०० औं लिग खेलमा यस्तो रेकर्ड आफ्नो नाममा गर्न सफल भएका हुन्।

मंगलबार गरेको गोलसँगै रोनाल्डो पछिल्लो ४८ सरी-ए खेलमा ४८ गोल गर्न सफल भएका छन्। साथै, २०१८ मा इटाली पुगेका रोनाल्डो त्यसपछि क्लबका लागि सबै प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्। उनले इटालियन च्याम्पियनको लागि सबै प्रतियोगितामा कुल ९१ गोल गरिसकेका छन्, ७१ लिगमा र १४ युरोपियन प्रतियोगितामा।

 

रोनाल्डो एकमात्र यस्ता खेलाडी हुन् जसले सरी-ए, प्रिमियर लिग र लालिगामा ५० भन्दा बढो गोल गरेका छन्। रोनाल्डो इटालियन क्लबको लागि निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। तर उनको प्रदर्शनले एन्टोनियो कासानोलाई भने प्रभावित गर्न सकेन जसले रोनाल्डोलाई युभेन्टसमा असफल भएको टिप्पणी गरेका थिए।

उनले भने, “युभेन्टसले रोनाल्डोलाई च्याम्पियन्स लिग जित्नको लागि अनुबन्ध गरेको थियो। तर रोनाल्डो आएदेखि क्लबले पहिलेको भन्दा पनि खराब प्रदर्शन गर्दै आएको छ। युभेले सरी-ए त रोनाल्डो बिना पनि जितिरहेको नै थियो। मलाई लाग्छ रोनाल्डो इटालीमा असफल भए।”

कासानोले भने झैँ रोनाल्डोले इटालियन क्लबसँग अझै पनि च्याम्पियन्स लिग जित्न बाँकी नै छ। तर उनको उत्कृष्ट प्रदर्शनमा क्लबले घरेलु सफलता भने पाएको छ।

प्रकाशित : बिहिबार, फागुन २०, २०७७१९:००

मेस्सी-कौटिन्हो सहित ती ८ खेलाडीलाई बेच्ने चाहना, यस्तो छ सूची !