ब्राजिलका दुई जुम्ल्याहा भाइहरूले जीवनभर सँगै एकसाथ धेरै काम गरेका छन्। अब दुबैले ट्रान्सजेन्डर अपरेशन गरेर एक रेकर्ड स्थापित गरेका छन्। यी १९ वर्षीय दुई भाइहरु जेन्डर शल्यक्रिया गरेर केटाबाट केटी बनेका छन्। आफूहरुले बचपनबाट नै केटाहरु जस्तो महसुस गरेको उनीहरुले खुलासा गरे। यस्तो अवस्थामा उनीहरुकले अपरेसन गर्ने निर्णय गरे।
ब्राजीलको दक्षिणपूर्वी शहर ब्लुमेनोको ट्रान्सजेन्डर सेन्टरमा मायाला र सोफिया नामक दुई भाइहरूले आफ्नो शल्यक्रिया गरेका हुन्। यस केन्द्रका डाक्टर जोसे कार्लोसका अनुसार यी दुई भाइहरूको शल्यक्रिया संसारकै पहिलो घटना भएको छ जब दुई जुम्ल्याहा केटाहरुले शल्यक्रिया गरेर केटी बन्ने निर्णय गरे। दुई भाइहरूले शल्य चिकित्साको एक हप्तापछि एएफपीसँग एक भिडियो सम्मेलनमा आफ्नो अनुभव साझा गरेका छन्।
मायला अहिले मेडिसिनको बारेमा अध्ययन गर्दै छिन्। ट्रान्सजेन्डर शल्यक्रियाको अनुभव साझा गर्दै उनले भनिन् कि उनी सधैं आफ्नो शरीरलाई माया गर्थिन् तर केटाको रूपमा उनलाई धेरै असहज महसुस हुन्थ्यो। अर्कोतर्फ, सिभिल इन्जिनियरि पढ्ने सोफिया भन्छिन् कि ब्राजिलमा ट्रान्सफोबिया धेरै छ।
नेशनल एसोसिएशन अफ ट्रान्ससेक्सुअलका तथ्यांकका अनुसार गत वर्ष ब्राजिलमा १७५ व्यक्तिको ज्यान हयेको थियो जुन अरू धेरै देशहरूको तुलनामा निकै उच्च हो। मायला र सोफियाले आफ्ना परिवारका सदस्यहरूले आफूहरुलाई समर्थन गरेको समेत बताए। मायला र सोफियाको शल्यक्रियामा करीव २० हजार डलर खर्च भएको थियो। पैसा व्यवस्थापन गर्न उनीहरुका हजुरबुबाले आफ्नो सम्पत्ति बेचेका थिए। मायला र सोफिया अपरेसन पछि धेरै खुसी छन्।