शिवरात्रिको दिन बन्दै छ यस्ता दुई महायोग, शिव आराधनाले पूरा हुनेछ हरेक मनोकामना !

यो वर्षको महाशिवरात्रि फागुनको २७ गते परेको छ। हिन्दू पंचंगा अनुसार फागुन महिनाको कृष्ण पक्षको चतुर्थी तिथिको दिन महाशिवरात्रि मनाइन्छ। हर वर्ष महाशिवरात्रिको दिन शिवभक्तहरुको लागि निकै खास हुने गर्छ। हिन्दू पंचंगा अनुसार यस वर्ष महाशिवरात्रि दुई महान योगमा मनाइन्छ। ज्योतिषाचार्यको अनुसार फागुन २७ को बिहान ९ बजेर ३७ मिनेटसम्म महान ‘शिवयोग’ र त्यसपछि ‘सिद्धयोग’ आरम्भ हुनेछ। यी दुबै योगलाई विशेष मानिन्छ।

सिद्धयोग र शिवयोग 

सिद्धयोग र शिवयोगलाई निकै महत्त्वपूर्ण र प्रभावशाली योग मानिएको छ। यी शुभ योगको समयमा जो मानिस साधना र शुभ संकल्प लिन्छ उनीहरुको कार्य अवश्य सफल र पूर्ण हुन्छ।

यी योगमा भगवान शिवको पूजाको विशेष महत्व हुन्छ। यदि तपाईं आफू आफ्नो राशि अनुसार भगवानको पूजा गर्नुहुन्छ भने तपाईंको हरेक मनोकामना पूरा हुन्छ। यस दिन रुद्राभिषेक गर्नु पनि अत्यन्त शुभ मानिन्छ। यो दुर्लभ योगमा भगवान शिवको आराधना गर्नाले सबै प्रकार दुख कष्टबाट पनि मुक्ति मिल्नेछ। शनिको छाया र साढे सातीको दशाबाट बच्नको लागि शिवरात्रिको दिन भगवान शिवलाई शमीपत्र अर्पण गर्नुहोस्। त्यस्तै, राहु-केतुको प्रभाव कम गर्न रुद्राभिषेक गर्नुहोस्।

महाशिवरात्रि पूजाको शुभ मुहूर्त 

महाशिवरात्रि तिथि: फागुन २७ गते (बिहिबार)

चतुर्दशी तिथि आरम्भ: फागुन २७ अपराह्न २ बजेर ५४ मिनेटबाट

चतुर्दशी तिथि समाप्ति: फागुन २८ अपराह्न ३ बजेर १७ मिनेटसम्म

शिवरात्रि पारण समय:  फागुन २८ बिहान ६ बजेर ४९ मिनेटबाट अपराह्न ३ बजेर १७ मिनेटसम्म

प्रकाशित : शुक्रबार, फागुन २१, २०७७१९:१७

महाशिवरात्रीको दिन ग्रहचक्रमा उथलपुथल, १२ वटै राशिमा प्रभाव !