“एकताका लागि पहिलो सूत्र भनेकै त्याग”

फुङ्लिङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन्।

प्रेस सङ्गठन ताप्लेजुङले आयोजना शुक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नु पर्ने बताए । उनले भने, “एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ ।”

एकताका लागि पहिलो सूत्र भनेकै त्याग भएको उनले बताए । नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पहिलो आधार रहेको उनको जिकिर थियो । प्रचण्ड नेपालले पनि प्रधानमन्त्री बन्नेतिर नलागेर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुन सक्ने उनले बताए।

नेता भट्टराईले नेपाल पत्रकार महासङ्घको भवन निर्माण गर्न व्यक्तिगततर्फबाट एक लाख दिने र आउँदा बजेटबाट दश लाख विनियोजन गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित : शुक्रबार, फागुन २१, २०७७१३:३२

चन्द समूहका नेताकार्यकर्ता रिहाइ प्रक्रिया शुरु,भट्टाभट छाड्न थालियो !