मेस्सी-कौटिन्हो सहित ती ८ खेलाडीलाई बेच्ने चाहना, यस्तो छ सूची !

बढ्दो ऋणको कारण बार्सिलोना आफ्नो स्टार खेलाडीहरु बेच्नु पर्ने स्थितिमा आउन सक्छ। आउँदो समर ट्रान्सफर विन्डोमा बार्सिलोनाले आफ्ना केहि स्टार खेलाडी बेच्न सक्छ जसमा क्लबको इतिहासमा सर्वोत्कृष्ट खेलाडी मेस्सी पनि सामेल छन्।

जनावरीको अन्त्यमा, एक रिपोर्ट अनुसार बार्सिलोनाको २०२० मा ८४ मिलियन युरोको घाटा भएको छ। यो पनि खुलासा भएको थियो कि बार्सा करिब १.२ बिलियन ऋण छ जसमध्ये २३३ मिलियन आउँदो समरमा चुक्ता गर्न आवश्यक छ। यस्तोमा क्लबले मुक्य ८ खेलाडीको सूची तयार परेको छ जसलाई क्लबले बेचेर केहि पैसा उठाउन चाहन्छ। यी हुन् ती ८ खेलाडी…..

१. लियोनल मेस्सी 

यस सूचीमा सबैभन्दा ठूलो नाम हो क्लबका कप्तान लियोनल मेस्सी। गत सिजनको अन्त्यमा मेस्सी बार्सिलोना छाड्न चाहन्थे। उनले बार्सिलोना बोर्डलाई समेत यसको जानकारी गराएका थिए। तर उनको उक्त प्रयास असफल रह्यो। बार्सिलोनासँग मेस्सीको सम्झौता यो सिजनको अन्त्यमा सकिँदै छ। बार्सा मेस्सीको ठूलो रकमको पारिश्रमिकबाट मुक्ति पाउन चाहन्छ जसको कारण मेस्सी अर्को सिजन अर्कै क्लबमा देख्न सकिने सम्भावना रहेको छ।

२. फिलिपे कौटिन्हो

क्लबको इतिहासमा सबैभन्दा महँगो ट्रान्सफर फिलिपे कौटिन्होले बार्सिलोनामा आएदेखि कुनै ठूलो योगदान दिन सकेका छैनन्। क्लबका लागि ९० खेल खेलेका फिलिपे क्लबमा आफ्नो स्थान पक्का गर्न सफल भएनन्। गत सिजन बार्यन म्युनिखसँग लोनमा बिताएका कौटिन्होबाट पनि छुटकारा पाउन चाहन्छ बार्सिलोना।

३. उसमान डेम्बेले 

१०० मिलियन भन्दा माथिको रकम खर्च गरेर बार्सिलोना बित्र्याइएको डेम्बेलेले पनि बार्सिलोनामा आफ्नो छाप छाड्न सफल भएका छैनन्। धेरै जसो समय चोटका कारण मैदान बाहिर बिताएका डेम्बेले पछिल्लो समय भने नियमित रुपमा मैदानमा देख्न सकिन्छ। तर पनि उनले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन्। यस्तोमा बार्सिलोना डेम्बेलेबाट कम्तीमा ४५ मिलियन उठाउन चाहन्छ।

४. सामुएल अम्टिटी 

२०१८ को विश्वकप विजेता टोली फ्रान्सको प्रमुख सदस्य रहेका अम्टिटीको पछिल्लो केहि समय प्रदर्शन निकै खराब रहेको छ। चोटका कारण प्राय: समय मैदान बाहिर बिताएका अम्टिटीबाट पनि छुटकारा पाउन चाहन्छ बार्सिलोना।

५. मार्टिन ब्र्याथवेट 

फेब्रुअरी २०२० मा लेगानेसबाट बार्सिलोना आएका ब्र्याथवेट पनि क्लबमा जम्न भने सकेका छैनन्। ट्रान्सफरमार्केटका अनुसार ८ मिलियन मार्केट भ्यालु रहेका ब्र्याथवेट पनि बार्सिलोनाले बेच्न तयार पारेको खेलाडीको सूचीमा रहेका छन्।

६. कार्लेस एलेना 

ला मासियाका उत्पादन एलेना हाल लालिगा टिम गेटाफेसँग लोनमा रहेका छन्।  एलेनाको मार्केट भ्यालु १३.५ मिलियन रहेको छ।

७. सर्जियो बुस्केट 

बार्सिलोनाका उत्कृष्ट खेलाडी मध्ये एक बुस्केटबाट पनि क्लब छुटकारा पाउन चाहन्छ। गत सिजन रोनाल्ड कोमनको नियुक्तिसँगै उनको भविष्य बारे अनिश्चिता आएपनि अहिले भने उनी बार्सिलोनाको पहिलो रोजाईमा पर्ने गर्छन्।

८. जुनियर फिर्पो 

२०१९ मा रियल बेटिसबाट बार्सिलोना आएदेखि फिर्पो प्रशिक्षकको पहिलो रोजाईमा पर्ने सफल भएका छैनन्। जोर्डी अल्बालाई चुनौती दिनको लागि भित्र्याईएका फिर्पो कहिँबाट पनि पहिलेको जस्तो खेलाडी देखिँदैनन्।

प्रकाशित : शुक्रबार, फागुन २१, २०७७१९:१३

रोनाल्डो, मेस्सी, ज्लाटान: यी हुन् २१ औं शताब्दीमा सबैभन्दा बढी गोल गर्ने खेलाडी, को एक नम्बर ?