काठमाडौँ – प्रतिनिधिसभाको बैठक बस्न दुई दिन मात्र रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाटलाई तिब्र बनाएका छन्। आइतबार संसद बैठक बस्नु अगाडी ओली राजनीतिक परामर्शमा जुटेका हुन्।
शुक्रबार साँझ ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमको निवासमा पुगेका छन् । बालुवाटार निकट श्रोतका अनुसार शुक्रबार साँझ प्रधानमन्त्री ओली गौतमको ललितपुरको भैँसेपाटीस्थित निवासमा पुगेका हुन्। ओली र गौतम बीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बुझिएको छ।
दाहाल संसदीय दलको नेता चयन
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलको बैठकले पार्टी अध्यक्ष ‘प्रचण्ड’लार्ई संसदीय दलको नेता चयन गरेको छ ।
ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा आज बसेको बैठकले पूर्वप्रधानमन्त्री दाहाललार्ई दलको नेतामा सर्वसम्मत चयन गरेको सो समूहको संसदीय दलका सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।
अध्यक्ष दाहाललार्ई दलका नेताका रुपमा अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्ताव गरेका थिए भने सांसद पम्फा भूसालले समर्थन गरेका थिए ।
सो समूहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलार्ई संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो । समूहका २५ प्रतिशत सांसदले दलको बैठक माग गरेका थिए । दलको नेता, उपनेता स्वतःनरहेको अवस्था पैदा भएको हुँदा २५ प्रतिशत सांसदले दलको बैठक डाक्न सक्ने प्रावधानका आधारमा आज बैठक बसेको गुरुङले बताए ।
बैठकले प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको सरकारको निर्णयको भत्र्सना र पुनःस्थापना गराउने सर्वोच्च अदालतले दिएको परमादेशको स्वागत गरेको छ ।

