पेले भन्छन् – “एम्बाप्पे मेरो उत्तराधिकारी हुन्”

एजेन्सी – महान फुटबल लेजेण्ड पेलेले पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार फुटबलर किलियन एम्बाप्पे आफ्नो उत्तराधिकारी बन्न सक्ने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा पेलेले प्रशंसा गर्दै एम्बाप्पे आफ्नो उत्तराधिकारी बन्न सक्ने बताएका हुन्।

एम्बाप्पेको खेल शैली हेर्दा आफैंलाई देख्ने पेलेले बताए। एक उत्कृष्ट खेलाडीमा हुनुपर्ने सम्पूर्ण गुण आफूले एम्बाप्पेमा देखेको पेलेको भनाई छ। एम्बाप्पेको खेल्ने शैली, आक्रमण गर्ने र दौडीने तरिका सबै आफूसँग मिल्ने पेलेले सङ्केत गरे।

“म मजाक गरिरहेको छैन। एम्बाप्पे मेरो उत्तराधिकारी बन्न सक्छन्।”,पेलेले भने,”तिब्र गतिका साथ खेल्न सक्ने उनको क्षमतामा म आफैंलाई पनि देख्छु।”

पेलेले एम्बाप्पेको निर्णयक्षमताको पनि खुलेर प्रशंसा गरेका छन्। बल आफ्नो खुट्टामा आउनु भन्दा अगाडी नै एम्बाप्पेले बल कसरी अगाडी बढाउने भन्ने विषयमा निर्णय गरिसक्ने पेलेको भनाई छ।

“बल आइपुग्नुभन्दा अगाडी नै उनलाई के गर्ने भनेर थाहा हुन्छ। बल पाउनु भन्दा अगाडी नै उनी बललाई कता लैजाने र कसरी लैजाने सोचिसक्छन्। आजको फुटबलमा यी महत्वपूर्ण विशेषताहरू हुन्।”,पेलेले भने।

एम्बाप्पेको प्रशंसा गर्दै पेलेले आफ्ना शब्द खर्चियो यो पहिलो पटक भने होइन। यस अगाडी पनि पेलेले एम्बाप्पेको खुलेर प्रशंसा गर्दै आएका छन्। दुई वर्ष अगाडी पनि पेलेले एम्बाप्पे बौद्धिक, छिटो र अप्रत्याशित रहेको बताएका थिए। उनले त्यसक्रममा एम्बाप्पे बालोन डि’ओर जित्न योगता रहेको समेत टिप्पणी गरेका थिए।

प्रकाशित : शनिबार, फागुन २२, २०७७१४:१८

“रोनाल्डो गएपछि रियल र स्वारेज गएपछि बार्सिलोनाको अवस्था उस्तै-उस्तै”