‘भारत’ देखि ‘बर्फी’ सम्म, साउथ कोरियन फिल्मको कपी हुन् यी ८ बलिउड फिल्म

एजेन्सी : बलिउड अभिनेता कार्तिक आर्यनको आगामी फिल्म ‘धमाका’ नेटफ्लिक्समा रिलिजको लागि पूरा तयारीमा छ। राम माधवानी निर्देशित यो थ्रिलर फिल्ममा कार्तिक आर्यनले अर्जुन पाठक नामको पत्रकारको भूमिका निभाएका छन्। फिल्ममा उनलाई मुम्बईमा भएको आतंककारी हमलाको लाइभ प्रसारण गरिरहेको देख्न सकिन्छ। फिल्म ‘धमाका’ सन् २०१३ को लोकप्रिय साउथ कोरियन फिल्म ‘द टेरर लाइभ’ को रिमेक हो। जसमा हा जङ वुले अहम भूमिका निभाएका थिए। यस्ता थुप्रै अरु हिन्दी फिल्महरु छन् जुन साउथ कोरियन फिल्मको हिन्दी रिमेक हो।

सलमान खानको अन्तिम फिल्म ‘भारत’ साउथ कोरियन फिल्म ‘ओड टु माय फादर’ को हिन्दी रिमेक हो। ओरिजिनल फिल्म सन् २०१४ मा रिलिज भएको थियो। यो फिल्म कोरियन सिनेमा इतिहासको चौथो सबैभन्दा बढी कमाई गर्ने फिल्म हो। यो फिल्म युन जे क्यूनले निर्देशन गरेका हुन्। यस फिल्ममा ह्वाङ जङ-मिन र यूंजिन किम अहम भूमिकामा देखिएका थिए। जबकि हिन्दी रिमेकमा कट्रिना कैफ, दिशा पटानी, ज्याकी श्रफ, सुनील ग्रोवर प्रमुख भूमिकामा थिए।

फिल्म निर्माता मोहित सूरीको रोमान्टिक थ्रिलर फिल्म ‘एक भिलेन’ मा सिद्धार्थ मल्होत्रा, श्रद्धा कपूर र रितेश देशमुखले अहम भूमिका निभाएका थिए। यो फिल्म दक्षिण कोरियन फिल्म ‘आई स द डेविल’ बाट प्रेरित थियो। ओरिजिनल फिल्ममा चोई मिन शीक, ली ब्यूंग-हुन र सैन-हे ओह मुख्य भूमिकामा थिए।

सञ्जय गुप्ताको फिल्म ‘जज्बा’ मा अभिनेत्री ऐश्वर्या राय बच्चनले अहम भूमिका निभाएकी थिईन्।  यो फिल्म ऐश्वर्या आमा बनिसकेपछिको कमब्याक फिल्म थियो। यो फिल्म कोरियन फिल्म ‘सेभेन डेज’ बाट प्रेरित भएको बताइएको थियो। यस फिल्ममा एक महिला वकिलको यात्रालाई देखाईएको छ। ओरिजिनल फिल्मको कुरा गर्ने हो भने यस फिल्ममा यूंजिन किम, पार्क ही-सून र किम मी-सूकले अभिनय गरेका थिए। यो फिल्म वोन शिन-यूद्वारा निर्देशित गरिएको थियो।

अनुराग बासुको फिल्म ‘बर्फी’ मा रणबीर कपूर, प्रियंका चोपडा, र इलियाना डिक्रूजले अहम भूमिका निभाएका थिए। यो फिल्म बलिउडमा सबैभन्दा धेरै मन पराईएको फिल्म मध्येको एक हो। यो फिल्ममा साउथ कोरियन फिल्म ‘Lover’s Concerto’ को केही सिन कपी गरिएको थियो। ओरिजिनल फिल्मको कुरा गर्ने हो भने यो फिल्म ली हानद्वारा निर्देशित फिल्म हो। यस फिल्ममा चा ताइ-ह्युन, ली इयु-जु, सन ये-जिनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

फिल्म ‘प्रेम रतन धन पायो’ को निर्देशक सूरज बडजात्या हुन्। जुन फिल्ममा सलमान खानले अहम भूमिका निभाएका थिए । यो फिल्म साउथ कोरियन फिल्म ‘Masquerade’ बाट प्रेरित भएको बताईएको थियो । ‘प्रेम रतन धन पायो’ मा सोनम कपूर र नील नितिन मुकेशले अहम भूमिका निर्वाह गरेका थिए । ओरिजिनल फिल्मको कुरा गर्ने हो भने यो फिल्म चू चांग-मिनले निर्देशन गरेका थिए। ‘Masquerade’ मा ली ब्युङ-हुन्, र्यु सेङ्ग-र्योङ्ग र हान ह्यो-जूले महत्वपूर्ण भूमिका निभाएका थिए ।

निशिकान्त कामतको ‘रकी ह्यान्डसम’ साउथ कोरियन फिल्म ‘द म्यान फ्रम नोवेयर’ को हिन्दी रिमेक हो। यस फिल्ममा दीया चालवाडसँग जोन अब्राहमले अहम भूमिका निभाएका थिए। यो फिल्म एक मिस्ट्रीमा आधारित छ। जसमा एक पुरुष र एक बच्चीको दोस्तीको कहानी देखाईएको छ। बच्चीको आमालाई मा,रेर बच्चीको अपहरण भएपछि जोनले बच्चीलाई बचाउँछ। ओरिजिनल फिल्मको कुरा गर्ने हो भने यस फिल्ममा वोन बिन र किन साई-रोनले मुख्य भूमिका निभाएका थिए।

‘म,र्डर २’ मोहित सूरीद्वारा निर्देशित फिल्म हो। यस फिल्ममा इमरान हाशामी र ज्याक्लिन फर्नान्डिजले अहम भूमिका निभाएका थिए । यो साउथ कोरियनको हिट फिल्म ‘द चेन्जर’ बाट प्रेरित फिल्म हो। ओरिजिनल फिल्मको कुरा गंरे हो भने यो फिल्ममा युन सोक, हा जङ वु र सिओ योङ हीले अभिनय गरेका थिए।

प्रकाशित : शनिबार, फागुन २२, २०७७१८:०८

यी बलिउड एक्टर्स रियल लाइफमा लगाउँछन् यस्तो चीज, तर मानिसहरुका अगाडी देखाउँदैनन्