हप्ताको पहिलो दिन नै बढ्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – साताको पहिलो दिन आइतबार आज सुनको मूल्य बढेको छ। अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा रु ५०० ले वृद्धि भएको छ । मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा रु ८६ हजार १०० मूल्य निर्धारण भएको छ।

यस्तै तेजाबी सुन पनि तोलामा रु ५०० ले नै उकालो लागेको छ । तेजाबी सुन आजका लागि रु ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत हप्ता सुनको मूल्य

गत हप्ता छापावाला सुन बढीमा ८८ हजार ७ सय रुपैंयाँ र तेजावी सुन ८८ हजार २ सय ५० रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै गत हप्ताको शुक्रबार सुन त्यस हप्ताको मात्र नभई यस वर्षकै सस्तो थियो। त्यस दिन छापावाला सुन तोलामा रु ८५ हजार ६०० मा कारोवार भएको थियो भने तेजाबी सुनको मूल्य तोलामा रु ८५ हजार १५० थियो।

चाँदीको मूल्य

आइतबार सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य चाँदी १ हजार २ सय ५० मा कारोबार भइरहेको छ।

प्रकाशित : आइतबार, फागुन २३, २०७७११:४१

नेप्से: कारोबारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा !