काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहको निर्णय गर्ता गराउन संसद सचिवालयले अस्विकार गरेको छ। संसदीय दलको नेता परिवर्तन गरेको सूचना गर्ता गराउन संसद सचिवालयले अस्वीकार गरेको हो।
शुक्रबार मात्रै प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो। उक्त निर्णय दर्ता गर्न संसदका महासचिवले अस्विकार गरिदिएका छन्।
प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरु संसद सचिवालयका पुगेपनि महासचिव गौतमले निर्णय दर्ता गर्न मानेनन्। उनले कानुनी प्रक्रिया बुझेर मात्र त्यस विषयलाई अगाडी बढाउने पक्षमा आफूहरु रहेको बताए।
त्यस्तै केपी शर्मा ओली पक्षले केहि समय अगाडी प्रमुख सचेतबाट हटाएको देव गुरुङलाई सचेतकको हैसियत दिन पनि माग गरेको छ।