सर्वोच्चको फैसला पछि एमाले र माओवादी ब्यूँतिए, यस्तो छ संसदमा हैसियत !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आधिकारिकताको विषयमा सर्वोच्च अदालतले आफ्नो फैसला सुनाएसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूँतिएका छन्।

सर्वोच्चले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय बदर गरेसँगै एमाले र माओवादी ब्यूँतिएका हुन्।

यससँगै अब संसदमा कपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भन्दा पनि छुट्टा-छुट्टै हैसियतमा हुनेछन्। गत निर्वाचनमा चुनावी तलामेल गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले १७४ सिट जितेका थिए ।

जसमा एमालेले १२१ सिट र माओवादीले ५३ सिट जितेको थियो। १२१ सिट मध्ये एमालेले प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ सिट जितेको थियो भने माओवादीको ५३ सिट मध्ये प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट थियो।

सर्वोच्चको फैसलासँगै एमाले र माओवादी संसदमा पनि छुट्टा-छुट्टै दलको रुपमा रहनेछन्।

प्रकाशित : आइतबार, फागुन २३, २०७७१६:२३

मेघगर्जनसहित पानी पर्ने !