काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नायिका तथा निर्मात्री रेखा थापाबीच भेटघाट भएको छ । नायिका रेखा थापा केहि वर्षयता विप्लवको पक्षमा थिइन्। नेपाल सरकारले विप्लव नेतृत्वको नेकपामाथी प्रतिबन्ध लगाएपछि उनले सरकारी कदमको विरोध गर्दै आएकी थिइन्।
नायिका रेखा विप्लवलाई भेट्न लाजिम्पाट स्थित विप्लव बसेको घरमै पुगेकी थिइन् । सरकारले प्रतिबन्ध लगाएपछि २ वर्ष भूमिगत बनेका विप्लव शुक्रबार सार्वजनिक भएका हुन्। सार्वजनिक भएपछि विप्लवले आफूहरु युवाहरुको चाहनाअनुसार नयाँ ढंगले अगाडी बढ्न खोजेको भन्दै पहिलो सम्बोधन गरेका थिए।