देवताहरुको अधिपति मानिने भगवान महादेव मात्र यस्तो भगवान हुन् जसको भक्ति हरेक कोहीले गर्ने गरेका छन् । चाहे मानव हुन्, राक्षस हुन्, भूत-प्रेत हुन् या देवता हुन् । शिव पुराण कथाअनुसार शिव एक यस्तो भगवान हुन्, जो शीघ्र प्रसन्न भएर आफ्नो भक्तलाई मनचाहे वर दिने गर्दछन् । शिव भगवान अन्य देवी-देवता भन्दा छिट्टै प्रशन्न हुनेमा पर्दछन् । यदि यस महाशिवरात्रीको पावन अवसरमा भगवान शिवलाई प्रशन्न गर्न चाहनुहुन्छ भने यस्तो रहेका छन् ५ तरिका ।
१. भगवान शिवलाई यदि तपाई चामलको मात्र ४ दाना भएता पनि भावले अर्पित गर्नुहुन्छ भने शिव प्रसन्न भएर वरदान दिने गर्दछन् ।
२. भोलेनाथलाई एक कलश शीतल जलधाराले पनि प्रसन्न गर्ने गर्दछ ।
.३ १ बेलपत्रबाट पन मनले चाहेको वरदान पाउन सकिन्छ, यदि सम्पूर्ण भावले चढाईयो भने ।
४. एक धतूरो , एक अडेल, एक बयर, एक सुन्तलाले पनि शिवलाई प्रसन्न गर्न सक्छ ।
५ दूध, दही, शख्खर, घिउ, मह र उखुको रस श्रद्धानुसार अर्पित गरे शिवबाट मनले चाहेको वरदान पाउन सकिन्छ ।
शिव मन्त्र : ॐ नम: शिवाय
पार्वती मन्त्र : ॐ शिवाय नम:
महाशिवरात्रि व्रत विधान:
१. गरुड पुराणको अनुसार शिवरात्रि भन्दा एक दिन पूर्व त्रयोदशी तिथिमा शिवजीको पूजा गर्नु पर्दछ र व्रतको संकल्प लिनु पर्दछ । यसको उपरान्त चतुर्दशी तिथिमा निराहार रहनु पर्दछ । महाशिवरात्रिको दिन भगवान शिवलाई गंगा जल चढाउँनाले विशेष पुण्य प्राप्त हुने गर्दछ ।
२. महाशिवरात्रिको दिन भगवान शिवको मूर्ति या शिवलिंगलाई पन्चामृतले स्नान गराएर ‘ॐ नमः शिवायः’ मन्त्रले पूजा गर्नु पर्दछ । यस पछि रात्रिको चारौ प्रहरमा शिवजीको पूजा गर्नु पर्दछ र अघिल्लो दिन प्रातःकाल ब्राह्मणलाई दान- दक्षिणा दिनु पर्दछ ।
३. गरुड पुराण अनुसार यस दिन भगवान शिवलाई बेल पत्रको साथ सेतो फूल अर्पित गर्नु पर्दछ । भगवान शिवको बेल पत्र वा सेतो फूल निकै प्रिय हो । शिव पुराणको अनुसार भगवान शिवलाई रुद्राक्ष, बेल पत्र, भाङ र शिवलिंग पनि अतिप्रिय लाग्छ ।
४. शिवको उपासना र व्रत राख्नाले शुभ फल प्राप्त हुने गर्दछ । महाशिवरात्रिको सिद्ध मुहूर्तमा शिवलिंगको प्राण प्रतिष्ठित गरेर स्थापित गर्नाले व्यवसायमा वृद्धि हुनेछ ।
५. शिवरात्रिमा प्रदोष कालमा स्फटिक शिवलिंगलाई शुद्ध गंगा जल, दूध, दही, घीउ, शख्खरले स्नान गराएर धूप र दीप बालेर मन्त्र जप गर्नाले सबै बाधाहरु हटेर जानेछ ।