फागुन २७ गते बिहिबारको दिन महाशिवरात्रि पर्व रहेको छ । महाशिवरात्रि पर्व शिवभक्तको लागी बिशेष महत्व हुनेगर्दछ । शिवरात्रिमा शिव भक्त भगवान शिवलाई प्रसन्न गर्नको लागी यस दिन व्रत राख्ने गर्दछन् । पुरै भक्तिभावले शिवजीको पूजा-आराधना गर्ने गर्दछन् । तर भूलवश शिवजीलाई प्रसन्न गर्नको लागी केही गल्तीहरु हुन सक्छन जसले गर्दा पूजा अधुरो हुनेगर्दछ । शास्त्रमा केही यस्तो चिजको बारेमा बताईएको छ कि जसलाई भगवान शिवको पूजामा प्रयोग गर्नुहुदैन ।
१. भगवान शिवलाई सेतो फूल निकै मनपर्ने गर्दछ तर केतुकेको फूल सेतो भएपनि भोलेनाथको पूजामा चढाउनु हुदैन । शिव पुराणको अनुसार केतुकेको फूलले झुटो बोलेको थियो त्यसैले शिवजीले यो फूललाई पूजा गर्न निषेध गरेका थिए।
२. हिन्दू धर्ममा शंखबाट देवी-देवताहरुलाई जल दिने परम्परा रहेको छ तर भगवान शिवको पूजा गर्ने समयमा शंखबाट जल अर्पित गर्न हुदैन । शिव पुराणको अनुसार भगवान शिवले शंखचूर नामक असुरको वध गरेका थिए त्यसैले शिवजीको पूजामा शंखलाई वर्जित मानिएको छ ।
३. भगवान शिवको पूजामा तुलसीको प्रयोग निषेधित मानिएको छ । भगवान शिवले देवी वृन्दाको पति जलन्धरको हत्या गरेका थिए । देवी वृन्दानै तुलसीको रूपमा अवतरित भएकी थिइन् जसलाई भगवान विष्णुले देवी लक्ष्मी समानको स्थान दिएका छन् । त्यसैले शिवजीको पूजामा तुलसीलाई निषेध मानिएको छ ।
४. शिवको पूजामा तिल चढाउनु हुदैन । तिल भगवान विष्णुको घोटालाबाट उत्पन्न भएको मानिन्छ त्यसैले भगवान विष्णुलाई तिल अर्पित गरिन्छ तर शिवजीलाई भने हुदैन ।
५. भगवान शिवको पूजामा बिर्सिएर पनि टुक्रिएको चामल चढाउनु हुदैन । अक्षताको मतलब अटूट चामल हुने गर्दछ । यो पूर्णताको प्रतीक हो । त्यसैले शिवजीलाई अक्षता चढाउने समयमा चामल टुक्रिएको छ कि छैन हेर्न जरुरी रहेको छ ।

