माधव नेपालका पक्षमा कति र को-को छन् त सांसद ?

सर्वोच्च अदालतले तत्कालीन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काएपछि सबैभन्दा बढी नैतिक संकटमा माधवकुमार नेपाल परेका छन्। २०७४ को निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट प्रतिनिधिसभामा १ सय २१ जना सांसद बनेका थिए। जसमध्ये एक जनाको भने निधन भएको छ। प्रधानमन्त्री केपी ओलीको अत्यधिक बहुमत रहेको पूर्वएमालेको संसदीय दलमा माधव नेपालका पक्षमा भने निकै थोरै संसद रहेका छन्।

प्रतिनिधिसभामा सांसदका रूपमा कायम रहेको कुल १ सय २० जना सांसद मध्ये माधव कुमार नेपालको पक्षमा मात्र ३७ जना सांसद रहेका छन्। पूर्व प्रधानमन्त्री नेपालको पक्षमा नेपाल स्वयम् सहित ३७ जना छन्। पूर्व एमालेका लालबाबु पण्डित र तुलसा थापा तटस्थ रहेका थिए।

को को सांसद छन् त नेपाल पक्षमा: 

माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई, राजबहादुर बुढा क्षेत्री,पार्वतीकुमारी विशुन्खे, ध्रुवकुमार शाही, कृष्णभक्त पोखरेल, जीवनराम श्रेष्ठ, गणेशकुमार पहाडी, मुकुन्द न्यौपाने, सरलाकुमारी यादव, डा दीपक प्रकाश भट्ट, कृष्णलाल महर्जन, मायादेवी न्यौपाने, विरोध खतिवडा, रामकुमारी झाँक्री, गंगा चौधरी सतगौवा, कल्याणीकुमारी खड्का, यज्ञराज सुनुवार, समिना हुसेन, जयकुमार राई, हिराचन्द्र केसी, भवानीप्रसाद खापुङ, लक्ष्मीकुमारी चौधरी, भवानीप्रसाद खापुङ, झपट रावल, निरादेवी जैरु, मेटमणि चौधरी, सोमप्रसाद पाण्डेय, बिनादेवी बुढाथोकी, भीमबहादुर रावल, पवित्रा निरौला, गोकर्ण विष्ट, सुरेन्द्र प्रसाद पाण्डे, विष्णु शर्मा र कलिला खातुन।

प्रकाशित : सोमबार, फागुन २४, २०७७१२:१२

१५ दिनसम्म पनि भेटिएनन् ओछ्यानमै सुतिरहेको अवस्थामा बेपत्ता पारिएका दम्पती