माधव नेपाल समूहका सांसद बीच छलफल, प्रचण्ड-नेपाल समूहको बैठक पनि आजै !

सर्वोच्च अदालतले आइतबार गरेको निर्णयसँगै नेकपाका नेताहरू छलफलमा व्यस्त छन्। प्रचण्ड-नेपाल समूहले आज दिउँसो ३ बजे बोलाएको स्थायी कमिटि बैठक अगाडि सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न माधवकुमार नेपाल समूहका नेताहरु जुटेका छन्।

नयाँ बानेश्वरमा भएको छलफलपछि उनीहरू स्थायी कमिटि बैठकका लागि पेरिसडाँडा प्रस्थान गर्ने कार्यक्रम छ। छलफलमा पछिल्लो राजनीतिक अवस्थाबारे र अब कसरी अगाडि बढ्ने भन्नेबारे कुराकानी हुने बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन्।

यसअघि आजै बिहान ११ बजे बोलाइएको प्रचण्ड-नेपाल पक्षको बैठकलाई दिउसो ३ बजेको लागि सारिएको थियो। बैठकमा सर्वोच्च अदालतले आइतबार गरेको निर्णय बारे छलफल हुने बताइएको छ।

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएको थियो। जससँगै पूर्वएमाले र पूर्वमाओवादी केन्द्र मिलेर बनेको नेकपा पनि खारेज भएको छ। अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।

को को सांसद छन् त नेपाल पक्षमा: 

माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई, राजबहादुर बुढा क्षेत्री,पार्वतीकुमारी विशुन्खे, ध्रुवकुमार शाही, कृष्णभक्त पोखरेल, जीवनराम श्रेष्ठ, गणेशकुमार पहाडी, मुकुन्द न्यौपाने, सरलाकुमारी यादव, डा दीपक प्रकाश भट्ट, कृष्णलाल महर्जन, मायादेवी न्यौपाने, विरोध खतिवडा, रामकुमारी झाँक्री, गंगा चौधरी सतगौवा, कल्याणीकुमारी खड्का, यज्ञराज सुनुवार, समिना हुसेन, जयकुमार राई, हिराचन्द्र केसी, भवानीप्रसाद खापुङ, लक्ष्मीकुमारी चौधरी, भवानीप्रसाद खापुङ, झपट रावल, निरादेवी जैरु, मेटमणि चौधरी, सोमप्रसाद पाण्डेय, बिनादेवी बुढाथोकी, भीमबहादुर रावल, पवित्रा निरौला, गोकर्ण विष्ट, सुरेन्द्र प्रसाद पाण्डे, विष्णु शर्मा र कलिला खातुन।

प्रकाशित : सोमबार, फागुन २४, २०७७१५:१४

भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट