प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक सुरु

नेकपा प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक सुरु भएको छ। सोमबार बिहान बोलाइएको नेकपा प्रचण्ड -नेपाल समूहको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिस डाँडामा सुरु भएको हो। पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बसेको बैठक केहीबेर अघि सुरु भएको हो।

सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारेको थियो। कानुनी र राजनीतिक छलफलमै व्यस्त भएपछि बैठक सारिएको बताइएको थियो।

आइतबार सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेपछि प्रचण्ड-नेपाल समुहले आकस्मिक स्थायी समिति बैठक बोलाएको हो। बैठकमा सर्वोच्चको फैसलाबारे छलफल गरेर उक्त निर्णय पुनरावलोकनका लागि जाने वा नजाने भन्ने बारे छलफल हुने बताइएको छ।

माधव नेपाल समूहका सांसद बीच छलफल

सर्वोच्च अदालतले आइतबार गरेको निर्णयसँगै नेकपाका नेताहरू छलफलमा व्यस्त छन्। प्रचण्ड-नेपाल समूहले आज दिउँसो ३ बजे बोलाएको स्थायी कमिटि बैठक अगाडि सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न माधवकुमार नेपाल समूहका नेताहरु जुटेका छन्।

नयाँ बानेश्वरमा भएको छलफलपछि उनीहरू स्थायी कमिटि बैठकका लागि पेरिसडाँडा प्रस्थान गर्ने कार्यक्रम छ। छलफलमा पछिल्लो राजनीतिक अवस्थाबारे र अब कसरी अगाडि बढ्ने भन्नेबारे कुराकानी हुने बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन्।

यसअघि आजै बिहान ११ बजे बोलाइएको प्रचण्ड-नेपाल पक्षको बैठकलाई दिउसो ३ बजेको लागि सारिएको थियो। बैठकमा सर्वोच्च अदालतले आइतबार गरेको निर्णय बारे छलफल हुने बताइएको छ।

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएको थियो। जससँगै पूर्वएमाले र पूर्वमाओवादी केन्द्र मिलेर बनेको नेकपा पनि खारेज भएको छ। अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।

प्रकाशित : सोमबार, फागुन २४, २०७७१६:३३

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन समाजका सबै पक्षलाई आग्रह !