देशभर कोरोना संक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार भन्दा धेरै, थप ८९ जनामा संक्रमण पुष्टि !

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालभर ८९ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।


यस दिन ४ हजार ३ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ४० महिला र ४९ जना पुरुष गरेर कुल ८९ मा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७४ हजार ८१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोमबार मुलुकभर ४१ जना सङ्क्रमणमुक्त भएका छन्। जससँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७० हजार ९२७ पुगेको छ। अहिले नेपालमा ८ सय ७२  जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ। योसँगै देशभर अहिलेसम्म कोरोनाको कारण मृ-त्यु हुनेको सङ्ख्या ३ हजार ११ पुगेको छ ।

प्रकाशित : सोमबार, फागुन २४, २०७७१७:०८

महिलाको गुणात्मक सहभागिता बढाइनुपर्छ : उपराष्ट्रपति पुन