बलिउड अभिनेता अमिताभ बच्चनले इंस्टाग्राममा आफ्नो जिन्दगिको सबैभन्दा महत्वपूर्ण महिलाहरुको तस्विर पोस्ट गरेका छन्। जसमा उनको माता स्वर्गीय तेजी बच्चन, पत्नी जया बच्चन, छोरी श्वेता बच्चन नंदा, बुहारी ऐश्वर्या राय बच्चन, नातिनी नव्या नवेली नंदा र आराध्या बच्चन छन्।
हरेक फेस्टिबलमा शुभकामना दिन नभुल्ने अभिताभले आज मार्च ८ अर्थात् ‘अन्तराष्ट्रिय महिला दिवस’ को दिन पनि सबै नारीहरुलोई शुभकामना दिएका छन्। उनले आफ्नो परिवारमा रहेका सबै महिलाहरुको तस्विर शेयर गर्दै निकै बलियो म्यासेज दिएका छन्।
यसको साथै उनले हरेक दिन नारि दिवस हो भन्दै ८ मार्चमा महिला दिवसको रुपमा स्वीकार गर्न मनाही गरेका छन्। उनले लेखेका छन्, ‘भनिरहेका छन् कि आज महिला दिवस हो, केवल एक दिन? होइन, हरेक नारी दिवस हो।’