दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हा-मफालेर आ-त्मह-त्या गरेको आशङ्का गरिएको छ । आमासहित चार बालबालिकाले कर्णाली नदीमा हा-मफालेर आ-त्मह-त्या गरेको हुनसक्ने आशङ्का प्रहरीले गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले हा-मफालेका पाँचमध्ये सोमबार दुईको शव भेटिएको जानकारी दिनुभयो ।
हामफालेका मध्ये १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा लपेटिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “शव फेला परेकाको सनाखत भइसकेको छ । नदीमा हामफा-लेर बेपत्ता भएका ३५ वर्षीया आमा सुकु बडुवाल, आठ वर्षीय छोरा ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवाललाई भेट्टाउन सकिएको छैन ।” गोताखोर टोलीबाट उनीहरुको खोजी कार्य थालिएको उहाँले बताउनुभयो ।
मृतकका श्रीमान् मानसिंह बडुवाललाई भने सोमबार नै इलाका प्रहरी कार्यालय राकमले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । सोमबार बिहान तीन छोरी र एक छोरा लिएर घरबाट आफ्नो माइत जान हिँडेकी सुकु माइतमा समेत नगएको भेटिएपछि आफन्तले उनीहरुको खोजतलास गरेका थिए ।
आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराका अनुसार श्रीमानले दिनहुँ मदिरा सेवन गरी कु-टपिट गर्ने झै-झगडा गर्ने भएपछि आजित भएर नदीमा हा-मफालेको हुनसक्ने आकलन गरिएको छ । नेपालभर १११ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइरहँदा सोही दिनमा आठबीस नगरपालिका–३ दैलेखको निमाइल बस्ती शोकाकुल बनेको थियो ।

