धुम्बाराहीमा एमालेको मुख्यालय, देशभर एमालेको बोर्ड राख्न निर्देशन !

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन्। यस्तोमा, एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ।

सर्वोच्च अदालतको निर्णयले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ। मंगलबार बिहानै बोर्ड फेरिएको हो। साथै देशभरका सबै पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन समेत दिइसकेको छ। यसलगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको छ।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र बीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भएको थियो। तर ऋषि कट्टेलको अध्यक्षतामा त्योभन्दा पहिलेनै निर्वाचन आयोगमा नेकपा दल दर्ता भएकोले एकै नामको अर्को दल दर्ता नहुने भन्दै सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो।

मन्त्री थापाले नेपालको राजनीति केपी ओलीको नेतृत्वबाट नै अगाडी बढ्न सम्भव रहेको समेत दाबी गरेका छन्। राष्ट्रवाद, देश विकास र स्थायित्व प्रधानमन्त्री ओलीबाट नै सम्भव भएकोले पूर्व माओवादीबाट ओली पक्षमा आएका नेताहरु अब कुनै पनि हालतमा माओवादी पार्टीमा नफर्किने पनि बताए। त्यस्तै, अबको राजनैतिक निकास निर्वाचनबाट मात्र सम्भव भएकोले देश निर्वाचनमा जानुपर्ने उनको भनाइ छ।

प्रकाशित : मङ्गलबार, फागुन २५, २०७७११:२०

‘मेरा दुखमा धेरै आशु झार्यौ’ भन्दै ३४ औ वैवाहिक वर्षगाठमा दिपकले लेखे यस्तो पोस्ट!