काठमाडौं । नेकपा (माओवादी केन्द्र) को तर्फबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिने भएका छन्। माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणिचन्द्र थापा, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, श्रममन्त्री गौरिशंकर चौधरी र युवा तथा खेलकुदमन्त्री दाबा लामा छन्।
खानेपानीमन्त्री थापाले आफूहरुले प्रधानमन्त्री ओलीसँग छलफल गरिसकेको र उनकै साथ दिने बताएका हुन्। संघीय संसदको सांसद समेत नरहनु भएका मन्त्री थापालले आफू राजनीतिक भविष्य केपी ओली नेतृत्वको समूहबाट अगाडी बढाउने निष्कर्षमा पुगेको समेत बताए।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको छ। सर्वोच्चको उक्त निर्णयसँगै माधव कुमार नेपाल र झलनाथ खनालहरु एमालेमा फर्किसकेका छन्। अब माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेकाहरुले के गर्ने भन्ने अन्यौलता थियो। तर, प्रधानमन्त्री ओलीसँगको छलफलपछि उनीहरुले आवश्यक परे सांसद पद माया मार्ने तर ओलीको साथ नछोड्ने निश्कर्ष निकालेका हुन्।

