मा‌ओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। नेकपाको एकता भंग भएपछि पहिलो पटक बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यलय पेरिसडाँडामा सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने-नलिने बारे छलफल हुने बताइएको छ। बैठकमा माओवादी केन्द्रका मुख्य नेता र स्थायी कमिटी सदस्य सहभागी छन्।

सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि यी दुई दल छुट्टिएका हुन्। यस्तो अवस्थामा अब कसरी अगाडि बढ्ने भन्नेबारेमा बैठक केन्द्रीत हुने बताइएकाे छ।

प्रकाशित : मङ्गलबार, फागुन २५, २०७७१४:४७

गिनी बिस्फोटमा मारिनेको संख्या ९८ पुग्यो, ६१५ घाइते