काठमाडौँ, गत आइतबार सर्वोच्च अदालतले निर्वाचन आयोगमा नेकपाको नाम पहिले नै दर्ता भएको र पार्टीसँग मिल्दोजुल्दो नाम भएको भन्दै खारेज गरेको थियो । त्यसपछि पूर्ववत अवस्थामै फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मंगलबार बसेको आयोगको बैठकले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आह्वान गरेको छ।
आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा नयाँ दलको नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदन दिन जानकारी दिएको छ। साथै दुवै दलले राजनीतिक दलसम्बन्धी ऐन २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ विपरीत नहुने गरी निर्णय गर्नुपर्ने बताएको छ ।
सर्वोच्च अदालतले २०७५ जेठ ३ मा भएको एमाले र माओवादी केन्द्रको पार्टी एकतालाई अस्विकार गरि ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आधिकारिकता दिएपछि नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ब्युँतिएका हुन् ।