काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा पुगेको औपचारिक रुपमा जानकारी दिने भएको छ।
सर्वोच्च अदालतको फैसला अनुसार यी दुई दल साविक अवस्थामा रहेको बारेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जानकारी गराउने भएको हो।
सर्वोच्च अदालतको गत आइतबार गरेको फैसलापछिको अवस्थाबारे छलफल गर्न मंगलबार बसेको आयोगको बैठकले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक राजनीतिक दल खारेज गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ।



