लोक सेवाले माग्यो ठूलो संख्यामा कर्मचारी ! [सूचना सहित]

काठमाडौँ – लोक सेवा आयोगले ठूलो संख्यामा खरिदार पदमा कर्मचारी माग गरेको छ । बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै आयोगले ठूलो संख्यामा खरिदार पदमा कर्मचारी माग गरेको हो।

राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरी ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

माग गरिएका पदमा दरखास्त दिन चाहनेहरुले चैत्र १७ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर २४ गतेसम्म आवेदन दिन सकिनेछ।

आयोगका अनुसार दरखास्त दिनेहरु १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्तै महिला तथा अपांगताको भएका उम्मेदवारहरूको हकमा भने ४० वर्ष ननाघेको हुनुपर्नेछ।

प्रकाशित : बुधबार, फागुन २६, २०७७०८:३६

चिनियाँ नाकाबाट दैनिक सात कन्टेनर सामग्री भित्रिँदै