रोनाल्डोले धोका दिए युभेन्टसलाई, लगातार दोस्रो वर्ष अन्तिम १६ बाटै बाहिरियो युभे !

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को खेलमा युभेन्टस पोर्टोसँग अवे गोलको नियमका कारण पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। गयराती भएको खेलमा पोर्टो विरुद्ध ३-२ को जीत निकालेता पनि अवे गोल नियमको कारण युभेन्टस बाहिरिन पुग्यो। पहिलो लेगमा पोर्टो २-१ ले विजयी भएको थियो।

खेलको १९ औं मिनेटमा पोर्टोका सर्जियो ओलिभेराले पेनाल्टी मार्फत गोल गर्दै पोर्टोलाई बलियो स्थितिमा पुर्याएका थिए। पहिलो हाफ १-० मा सक्केको खेलमा युभेन्टसले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गर्न सफल भयो। युभेको लागि दुबै गोल फेडेरिको सिसेले गरे। निर्धारित ९० मिनेटको खेलमा युभेन्टस २-१ ले विजयी भएपछि खेल अतिरिक्त ३० मिनेटको समयमा धकेलिएको थियो।

अतिरिक्त समय सकिन ५ मिनेट अगाडी पोर्टोका सर्जियो ओलिभेराले नै उत्कृष्ट फ्री-किक गोल गर्दै पोर्टोलाई निकै महत्वपूर्ण दोस्रो अवे गोल गरे। त्यसको दुई मिनेटमै युभेन्टसका लागि राबीयोटले गोल गरेपनि त्यो युभेको लागि अगाडी बढ्न पर्याप्त भएन।

यस खेलको सबैभन्दा धेरै चर्चाको विषय बन्यो खेलको ११५ औं मिनेटमा पोर्टोका ओलिभेराले फ्री-किक लिँदाको क्रिस्टियानो रोनाल्डोको हर्कत। ओलिभेराले फ्री-किक प्रहार गर्ना साथ वालमा बसेका रोनाल्डोले आफ्नो पीठ फर्काए, जसको नतिजास्वरूप ओलिभेराले उक्त फ्री-किक रोनाल्डोको खुट्टा मुनिबाट प्रहार गर्दै गोल गर्न सफल भए, जुन गोल युभेन्टसलाई प्रतियोगिताबाट बाहिर निकाल्न पर्याप्त साबित भयो।

च्याम्पियन लिग पहिलो लेगमा हार र दोस्रो लेगमा पुनरागमन गर्नुपर्ने स्थिति, यस्तो अवस्थामा सबैको सोचमा एउटै खेलाडी आउँछन्, त्यो खेलाडीको नामको क्रिस्टियानो रोनाल्डो। तर यो खेलमा युभेन्टस तथा फुटबल फ्यान्स रोनाल्डोसँग रुष्ट देखिन्छन्। रोनाल्डो माथि उनका समर्थक सामजिक सञ्जालमा वर्षीएका छन्।

कसैले रोनाल्डोले १३ वर्षीय बालकले गर्ने गल्ती गरेको भनेका छन् भने कसैले रोनाल्डोले पूरा खेललाई आफ्नो पीठ देखाएको र धोका दिएको भनेका छन्।

प्रकाशित : बुधबार, फागुन २६, २०७७०९:०८

नेइमारले आज राति हुने बार्सिलोना विरुद्धको खेल गुमाउने !