आज राशिचक्रमा बुधको परिवर्तन, यी ४ राशिको चम्किनेछ भाग्य !

वाणी र सञ्चारको कारक मानिने बुध ग्रह ११ मार्च महाशिवरात्रिको दिन मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्दैछ। यस राशिमा बुध ग्रह १ अप्रिलसम्म स्थित रहनेछ। बुधको यो गोचरको प्रभाव सबै राशिमा शुभ-अशुभ रूपमा पर्नेछ। ज्योतिष गणनाको अनुसार बुध ग्रहले यस अवधिमा चार राशिका मानिसलाई निकै प्रभावशाली परिणाम दिनेछ। जान्नुहोस् यी ४ राशिका बारेमा…..

वृष राशि 

राशिको कर्मभावमा हुने बुधको गोचरले यस राशिका मानिसले थुप्रै अप्रत्यशित सुखद परिणाम प्राप्त गर्नेछन्। कार्यक्षेत्रमा उत्कृष्ट नतिजा मिल्ने सम्भावना उच्च छ। व्यापारीहरुको लागि यो समय कुनै वरदान भन्दा कम हुनेछैन। कुनै व्यवसाय आरम्भ गर्न वा नयाँ सम्झौतामा हस्तक्षर गर्नको लागि समय अत्यन्त अनुकूल रहनेछ। रोजगारीका लागि गरिएका सबै प्रयासहरू अर्थपूर्ण रहनेछन्। कर्यक्षेत्रमा उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। तपाईंले लिइएका निर्णयहरुको सराहना गरिनेछ।

मिथुन राशि 

राशिको स्वामी बुधको यो गोचर मिथुन राशिका मानिसको लागी कुनै वरदान भन्दा कम हुनेछैन। धर्म र आध्यात्मिकतातर्फ रुची बढ्नेछ। गरेको हरेक काममा सफलता प्राप्त हुनेछ। नयाँ सम्झौताको प्राप्तिको योग रहेको छ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। परिवारका केहि शुभ कार्य सम्पन्न हुनसक्छ। विदेशी कम्पनीहरूमा सेवा वा नागरिकताको लागि गरिएका प्रयासहरू सफल हुनेछन्।

सिंह राशि 

राशिको सप्तम भावमा गोचर हुने बुधले यस राशिका मानिसलाई अप्रत्याशित नजिता दिनेछ। विवाह सम्बन्धि छलफल सफल हुनेछ। परिवारमा शुभ कार्यको आयोजना हुनसक्छ। प्रेम सम्बन्धि मामिलामा प्रगाढता आउनेछ। यदि तपाईं प्रेम विवाहको बारे निर्णय गर्न चाहानुहुन्छ भने अवसर अनुकूल छ। सरकारी क्षेत्रबाट लाभ मिल्नेछ। विद्यार्थी वर्गको लागि समय अनुकूल रहनेछ। घर तथा गाडी किन्ने सपना पूरा हुनसक्छ।

तुला राशि 

राशिको पन्चम भावमा प्रवेश हुने बुध तपाईंको लागि कुनै वरदान भन्दा कम हुनेछैन। तपाईं कुनै कार्य गर्न चाहनुहुन्छ भने त्यसमा ढिलाई नगर्नुहोला। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनसक्छ। विद्यार्थी वारगको लागि समय अत्यन्त शुभ रहनेछ।। रोमान्सको मामिलामा पनि समय अनुकूल रहनेछ। यदि तपाईं प्रेम विवाह गर्न चाहनुहुन्छ भने अवसर राम्रो छ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ। नव दम्पतिको लागी सन्तान प्राप्तिको योग रहेको छ।

प्रकाशित : बुधबार, फागुन २६, २०७७१८:३७

आज महाशिवरात्रीको दिन पञ्चक: भुलेर पनि नगर्नुहोस यी ५ चीज!