काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ। सोमबारको तुलनामा मंगलबार बढेको सुनको मूल्य आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले बढेको छ। जसपश्चात छापावाला सुनको मूल्य ८६ हजार २ सय रुपैंयाँ कायम भएको छ। यस अगाडी छापावाला सुन आइतबार ८६ हजार १ सय, सोमबार ८६ हजार २ सय र मंगलबार ८५ हजार ६ सयमा कारोबार भएको थियो।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैंयाँले नै बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ८५ हजार ७ सय ५० रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी तेजाबी सुनको मूल्य आइतबार ८५ हजार ६ सय ५०, सोमबार ८५ हजार ७ सय ५० र मंगलबार ८५ हजार १ सय ५० रुपैंयाँ रहेको थियो।
चाँदीको मूल्य

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा रु १५ले बढेर सुनको मूल्य १२ सय ७० कायम भएको छ। यस अगाडी चाँदी आइतबार १२ सय ५०, सोमबार १२ सय ६५ र मंगलबार १२ सय ५५ रुपैंयाँमा कारोबार भएको थियो।

