महाशिवरात्रिको दिन भोलि लाग्दैछ पञ्चक, यस्ता कार्य भुलेर पनि नगर्नुहोस् !

हिन्दु पात्रो अनुसार हरेक वर्ष फागुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिको दिन महाशिवरात्रि मनाइन्छ। यो वर्ष शिवरात्रि फागुन २७ गते बिहिबार परेको छ। साथै यस दिन पञ्चक पनि सुरु हुँदैछ जुन ५ दिनसम्म चल्नेछ। पञ्चकको दिनमा कुनै पनि शुभ कामहरू गर्न निषेध गरिएको छ। जान्नुहोस् यो समयमा के-कस्ता कार्य गर्नु हुँदैन……

पञ्चक

पञ्चक आरम्भ हुने समय: २७ फागुन बिहिबार बिहान ९ बजेर ३६ मिनेटबाट

पञ्चक समाप्ति हुने समय: ३ चैत्र मंगलबार बिहान ४ बजेर ५९ मिनेटसम्म

यी कार्य गर्नु हुँदैन 

  • खाट लगायत चाइपाई बनाउने काम पञ्चकको समयमा गर्नु हुँदैन।
  • पञ्चकको समयमा घरको नयाँ छानाको निर्माण कार्य नगर्नुहोस्।
  • यस समयमा काठ, इन्धन आदि संकलन गर्नु हुँदैन।
  •  पञ्चकको समयमा दक्षिण दिशा तिर यात्रा गर्नु हुँदैन।

ज्योतिष शास्त्रका अनुसार जब चन्द्रमा घनिष्ठा, शताभिषा, पूर्व भाद्रपद, उत्तरा भाद्रपद र रेवती नक्षत्रमा गोचर हुन्छ, यस पूरै अवधिलाई पञ्चक काल वा ‘भदवा’ पनि भनिन्छ। यो समयमा कुनै पनि प्रकारको शुभ कार्य गर्न वर्जित मानिन्छ। तर हरेक अवस्थामा पञ्चक अशुभ मात्र हुँदैन। केहि स्थितिमा पञ्चक शुभ पनि हुन्छ।

पञ्चकका प्रकारको बारेमा जान्नुहोस् 

  • आइतबार शुरू हुने पञ्चकलाई रोग पञ्चक भनिन्छ। यस पञ्चकमा कुनै पनि प्रकारको शुभ काम गर्नु हुँदैन।
  • सोमबारदेखि सुरू हुने पञ्चलाई राज पञ्च भनिन्छ। यो पञ्चकलाई शुभ मानिन्छ।
  • मंगलबारको दिनबाट सुरु हुने पञ्चकलाई अग्नि पञ्चक भनिन्छ। यस पञ्चकमा कुनै निर्माण कार्य र मेसिनरीको काम सुरु गर्नु हुँदैन।
  • शुक्रबार लाग्ने पञ्चकलाई चोर पञ्चक भनिन्छ। यस पञ्चकमा व्यवसाय र पैसा लेनदेन सम्बन्धित गतिविधिहरू गर्नु हुँदैन।
  • बुधवार र बिहिबार सुरु हुने मा सबै प्रकारका कार्य गर्न सकिन्छ। विवाह जस्ता मांगलिक कार्य समेत गर्न सकिन्छ।
प्रकाशित : बुधबार, फागुन २६, २०७७१८:३२

सुरु हुँदैछ खरमास, के गर्नु शुभ र के गर्नु शुभ हुन्छ ? जानुहोस् !