हालै मात्र एक अनौठो घटना देख्न मिलेको छ। यो घटना भारतको राजस्थानमा पर्ने धौलपुर जिल्लाको हो। उक्त घटनामा एक पति बिजुलीको पोलमा चढेको उल्लेख छ। वास्तवमा, उनकी पत्नी उनलाई केहि नभनी कतै गएकी थिइन्। जसको कारण उक्त व्यक्ति रिसले विजुलीको पोलमा चढेको हो। उक्त व्यक्तिको उमेर लगभग ६० वर्ष होला र उनी ५ बच्चाका बाबु हुन्। यी व्यक्ति आ-त्म-ह-त्या गर्ने अभिप्रायले ११ हजार भोल्टेज पावर लाइनको पोलमा चढेका थिए।

प्राप्त रिपोर्टका अनुसार उक्त व्यक्ति दोस्रो विवाह गर्न चाहन्थ्यो। उनी विजुलीको पोलमा चढेर आफ्ना बच्चा र पत्नी माथि दवाब दिइरहेको थियो। जब गाउँलेहरू वृद्धको यस्तो हर्कतको बारेमा थाहा पाए, सबै छक्क परे। जुन समयमा ती वृद्ध पोलमा चढेका थिए त्यो समयमा पोलमा विजुली थिएन। जसका कारण ठूलो दुर्घटना भएन। मन्डा भाऊ बिजली सब स्टेशनका कर्मचारीहरुले खबर पाउने बित्तिकै विद्युत विभाग आयो र विजुलीको लाइन काट्यो।

ठूलो कठिनाईको साथ वृद्धलाई विद्युत पोलबाट तल झारियो। यो घटना गत आइतबारको बताइएको छ। उनका तीन छोरा र दुई छोरी छन्। पाँचै सन्तानको विवाह भइसकेको छ। यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
