ब्ल्याक प्यान्थरले कुकुर माथि यति तेज हमला गर्यो कि कसैलाई के भयो भनेर थाहा नै भएन [भिडियो सहित]

चितुवाले शिकार गरेको धेरैले देखेको छैन होला। तर सबैलाई यसको गतिको बारे त थाहा नै होला। तर ब्ल्याक प्यान्थरले भिन्न प्रकारको शिकार गर्छ। उनको चाल शिकार बन्ने जनावरलाई थाहा पनि हुँदैन। ब्ल्याक प्यान्थरको एक भिडियो अहिले सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ। भिडियोमा देख्न सकिन्छ कि एक ब्ल्याक प्यान्थर रातको समयमा शिकार गर्दैछ। त्यसले कुकुर माथि यति छिटो हमला गर्यो कि देख्नेले पनि के भयो सम्झिनै सकेनन्।

यो भिडियो किशोर नामका प्रयोगकर्ताद्वारा ट्विटरमा साझा गरिएको छ। यो भिडियो कन्नूरको बताइएको छ। यो भिडियोमा देख्न सकिन्छ कि ब्ल्याक प्यान्थर कुकुरतर्फ कति बिस्तारै आउँछ। उक्त भिडियो सीसीटीवी फुटेजको हो। जब प्यान्थरले कुकुर माथि आक्रमण गर्छ तब कुकुर कराएको आवाज सुन्न सकिन्छ र प्यान्थरले उक्त कुकुरलाई मुखमा च्यापेर लिएर जान्छ।

यो भिडियो हेरेपछि, एक प्रयोगकर्ताले यो प्यान्थरलाई समात्न पर्छ भनेर लेखेका छन्। जबकि अन्य प्रयोगकर्ताले जवाफ दिए कि प्यान्थरलाई किन पक्राउ गर्ने।

प्रकाशित : बुधबार, फागुन २६, २०७७१८:२७

जब ६० वर्षको बुढा दोस्रो बिहे गर्न नदिए मर्छु भन्दै बिजुलीको पोलमा चढे…..