नेइमारले आज राति हुने बार्सिलोना विरुद्धको खेल गुमाउने !

पीएसजी स्टार नेइमारले बार्सिलोना विरुद्धको च्याम्पियन्स लिगको दोस्रो लेग पनि गुमाउने भएका छन्। पहिलो लेग पनि चोटका कारण गुमाएका नेइमार दोस्रो लेगको खेलबाट पनि बाहिरिएका हुन्। आज राती नेपाली समय अनुसार १:४५ बाट सुरु हुने खेलमा पीएसजीले बार्सिलोनाको सामना गर्नेछ। खेल पीएसजीको घरेलु मैदानमा हुनेछ।

नेइमारले च्याम्पियन्स लिगको अन्तिम १६ को खेल चोटका गुमाएको यो लगातार चौंथो वर्ष हो। २०१७ मा बार्सिलोनाबाट पीएसजी गएदेखि नेइमार हरेक वर्ष यो समयमा घाइते हुने गरेका छन्। धेरैले यसलाई नेइमारको बहिनीको जन्मदिनसँग पनि जोड्ने गरेका छन्। नेइमारको बहिनीको जन्मदिन मार्च ११ मा पर्छ।

नेइमार बिनाको पीएसजीले नै बार्सिलोना माथि उसकै घरेलु मैदानमा ४-१ को सानदार जित निकालेको थियो। उक्त खेलमा किलियन एम्बाप्पेको ह्याट्रिक गरेका थिए। तुलनात्मक रूपमा बलियो मानिएको पीएसजीसँगको खेल विरुद्ध बार्सिलोनाका प्रमुख डिफेन्डरद्वय जेरार्ड पिके र रोनाल्डो अराउजो चोटका कारण अनुपस्थित रहनेछन्।

त्यस्तै, पीएसजीका लागि नेइमारका साथै मोसेज किन जस्ता महत्वपूर्ण खेलाडी उपलब्ध हुने छैनन्। नेइमारले यी दुई टोली बीचको पहिलो लेग पनि गुमाएका थिए।

प्रकाशित : बुधबार, फागुन २६, २०७७१४:४६

रोनाल्डोले ५६ खेल र मेस्सीले ४० खेलमा गरेजति गोल हालाण्डले १४ खेलमै गरे !