यी ५ तरिकाबाट सेवन गर्नुहोस एप्पल साइडर भिनेगर, हुनेछ यति धेरै फाइदा!

एप्पल साइडर भिनेगरको बारेमा तपाईले सुन्नुभएको होला । अहिलेको समयमा स्वास्थ्य विशेषज्ञ, एथलीट, प्रोफेशनल्स, पोषण विशेषज्ञ  र डाक्टर सबैले यसको सेवन गर्ने सल्लाह दिन्छन् ।

विशेषज्ञहरु अनुसार यसले शारीरिक समस्यालाई सही  गर्छ  । यसको स्वास्थ्यमा कैयौँ  फाईदा रहेको छ । यसको फाईदा यस  प्रकारको  रहेको छ ।

  • शरीरमा सकारात्मक असर पर्छ।
  • हानिकारक ब्याक्टेरियालाई मार्न मदत्त गर्छ।
  • ब्लड सुगर कम गरेर मधुमेहबाट बच्न मदत्त गर्छ।
  • वजन कम  गर्न र कम्मरको मोटोपना कम गर्न मद्दत गर्छ।
  • कोलेस्ट्रोल कम भएर मुटुको स्वास्थ्य सुधार हुन्छ।
  • क्यान्सरसँग लड्न मदत्त गर्छ।

एप्पल साइडर भिनेगरमा  पानी, भिटामिन, मिनरल्स एसिटिक एसिड र केहि अन्य एसिड हुन्छ । थुप्रै मानिसले यसको सेवन गर्छन तर उनीहरुले सधै एउटै अपनाउने  गर्छन् । सामान्यतय मान्छेले यसलाई पानीमा हालेर पिउछन् ।

एपल साइडर भिनेगरको प्रयोग गर्ने सही तरिका:

रिसर्च अनुसार तपाईले के कारण एपल साइडर भिनेगर लिईरहनुभएको छ त्यसमा निर्भर पर्छ  ।

ब्लड सुगर नियन्त्रण

यदि तपाई ब्लड सुगर नियन्त्रण गर्न एप्ल साइडर भिनेगरको प्रयोग गरिरहनु भएको छ भने खाना खानुभन्दा अगाडी  ४ चम्चा सेवन गर्नुहोला ।

वजन कम

वजन कम गर्नको लागि तपाई एप्ल साइडर खाईरहनुभएको छ भने १ -२ चम्चा एपल साइडर भिनेगरको ३ महिनासम्म  प्रयोग गर्नाले धेरै वजन हुने मान्छेको २.६ देखि ३.७ पाउण्ड वजन घट्छ मतलब १.२ देखि १ .७ किलो घट्छ ।  तपाई चाहुनुहुन्छ भने दिनमा २ चम्चा पनि प्रयोग गर्न सक्नुहुन्छ ।

डाइजेशन इम्प्रूव गर्न
यदि तपाई  डायजेशन सही गर्नको लागि एप्पल साइडर भिनेगरको सेवन गर्दै हुनुहुन्छ भने सधैँ १-२ चम्चा भिनेगरको प्रयोग गर्नुहोला ।

सामान्य प्रयोग

यदि  तपाईलाई  एप्पल साइ़डर भिनेगरको प्रयोग कति गर्नुपर्छ भनेर जानकारी छैन भने तपाईले एक चम्चा प्रयोग गर्न सक्नुहुन्छ ।

यसको प्रयोग गर्ने अन्य तरिका:

  • एप्पल साइडर भिनेगरको सेवन गर्नको लागि अन्डाको सलाद बनाएर  खान सक्नुहुन्छ । यसको लागि उसिनेको अन्डा यसमा हालेर   प्रयोग गर्न सक्नुहुन्छ । साथै अन्डा सानोसानो टुक्रा पारेर हरियो साग मिसाएर त्यसमा खुर्सानी र नुनको साथसाथै एप्पल साइडर राख्नुहोला ।
  • कफीको सट्टा चियामा एपल साइडर मिसाएर पिउनु उपयुक्त हुन्छ । त्यसैले एप्पल साइडर भिनेगर मिक्स चिया, हेभी क्यालोरी भएको ड्रिंक र सोडामा निकै राम्रो हुन्छ ।
  •  कैयौँ मान्छेले खाजा, खानामा सलाद वा फलफूलको सेवन गर्छन् । त्यसमा एप्पल साइडर भिनेगर हालेर ड्रेसिंग गरेर सेवन गर्न सक्नुहुन्छ । यसरी सलाद स्वादिष्ट हुन्छ ।
  •  एप्पल साइडर भिनेगरको सेवन अलगअलग तरिकामा गर्नको लागि यसलाई  एउटा भाँडामा फ्रिजमा राख्न सक्नुहुन्छ  ।
  • तपाई चाहनुहुन्छ भने यसमा शखरको पनि प्रयोग गर्न सक्नुहुन्छ । यस्तो गर्नाले यसको एसिडिक टेस्ट हराउछ र यसको सेवन सजिलै हुन्छ ।
  •  डाक्टरको सल्लाह बिना यसको सेवन नगर्नुहोला ।

प्रकाशित : बिहिबार, फागुन २७, २०७७१३:०३

जोइन्ट फ्यामिलिमा बिहे गर्नुअघि गाँठो बाँध्नुहोस यी ५ कुरा, नत्र झ-गडामा बित्नेछ जीवन!