मेस्सीको रेकर्ड तोड्दै बार्सिलोनालाई बाहिरको बाटो देखाइदिए एम्बाप्पेले !

पेरिस सेन्ट जर्मेन स्टार किलियन एम्बाप्पे च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा कम उमेरमा २५ गोल गर्ने खेलाडी बनेका छन्। यो रेकर्ड यसअघि बार्सिलोनाका वर्तमान कप्तान लियोनल मेस्सीको नाममा थियो।

गयराती भएको बार्सिलोना विरुद्धको खेलमा गोल गर्दै एम्बाप्पेले उक्त रेकर्ड आफ्नो नाममा गरेका हुन्। उनले २२ वर्ष ८० दिनको उमेरमा च्याम्पियन्स लिगमा २५ गोल गर्न सफल भएका छन्। लियोनल मेस्सीले यसअघि २२ वर्ष २८६ दिनको उमेरमा २५ गोल गरेर उक्त रेकर्ड आफ्नो नाममा गरेका थिए।

 

बार्सिलोना विरुद्धको खेलको ३१ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै विश्वकप विजेता एम्बाप्पेले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। यसका साथै मेस्सीकै टोली विरुद्ध गोल गर्दै एम्बाप्पेले मेस्सीको रेकर्ड तोडे। तर ३७ मिनेटमा बार्सिलोनाका कप्तान मेस्सीले निकै उत्कृष्ट गोल गर्दै खेल बरबारीमा लेराए।

 

तर पहिलो हाफको अन्त्यमा पाएको पेनाल्टीमा मेस्सी चुक्दा र थप कुनै गोल हुन नसकेपछि खेल बराबारीमा सकियो। पहिलो लेगमा निकालेको ४-१ गोलको जीत पिएसजीको लागि अर्को चरणमा प्रवेश गर्न पर्याप्त भयो।

त्यस्तै, गयराती नै भएको अर्को खेलमा इंगलिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिंगलाई २-० ले हराउँदै समग्रमा ४-० को जीतका साथ अर्को चरणको टिकट काट्न सफल भयो। लिभरपुलका लागि मोहम्मद सलाह र साडियो मानेले १-१ गोल गरे।

प्रकाशित : बिहिबार, फागुन २७, २०७७१०:३१

१६ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगबाट मेस्सी-रोनाल्डो दुवै आउट !