आज महाशिवरात्रिको दिन मध्यान्ह १२ बजेर ४८ बाट मकर राशिबाट कुम्भ राशिमा प्रवेश गरेको छ। यस राशिमा बुध ग्रह १ अप्रिलसम्म स्थित रहनेछ। बुध ग्रह मिथुन र कन्या राशिको स्वामी ग्रह हो। यो मीन राशिमा नीच र कन्या राशिमा उच्च मानिन्छ। तिष गणनाको अनुसार बुध ग्रहले यस अवधिमा चार राशिका मानिसले घाटाको सामना गर्नुपर्ने हुनसक्छ। यी चार राशि चिन्हहरू निम्नानुसार छन्।
कर्कट राशि
बुधको गोचरले तपाईंको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ। कार्यक्षेत्रमा षडयन्त्रको शिकार हुनबाट जोगिनुहोस्। कानुनी झमेलामा नापरेकै राम्रो हुनेछ। वरिष्ठ परिवारका सदस्यहरू र भाइहरूमाझ मतभेद उत्पन्न हुन नदिनुहोस्। यस अवधिमा तपाईंले सावधानीपूर्वक निर्णय गर्नुपर्नेछ।
कन्या राशि
यो समयमा तपाईंलाई शत्रुहरुबाट चुनौती मिल्नसक्छ। साथै स्वास्थ्यमा पनि विपरित असर पार्नसक्छ। गोप्य दुश्मनहरू पनि बढ्नेछन्। तपाईंको आफ्नै मान्छेले नै षडयन्त्र गर्न सक्छन्। विदेशी साथी तथा आफन्तहरूको सहयोग प्राप्त हुनेछ। विद्यार्थी वर्गले सफलताको लागि कडा परिश्रम गर्नुपर्ने देखिन्छ।
धनु राशि
तपाईंको लागि बुधको गोचर उथल-पुथल लेराउने किसिमको हुनसक्छ। मानसिक तनाब बढ्नेछ। भाइहरूबीच मतभेद उत्पन्न हुन नदिनुहोस्। धर्म तथा आध्यात्मिकतामा तर्फ रुची बढ्नेछ। विद्यार्थीहरू र प्रतिस्पर्धी विद्यार्थीहरूको लागि पनि समय उपयुक्त छ। विदेशी कम्पनीहरूमा सेवा वा नागरिकताको लागि गरेको आवेदन सफल हुनेछ।
मीन राशि
बुधको गोचरले तपाईंको आर्थिक पक्षमा प्रतिकूल असर पार्नसक्छ। यस अवधिमा विभिन्न उतार चढावहरूको सामना गर्नुपर्नेछ। अधिक खर्च गर्नबाट बच्नुहोस्। अनावश्यक खर्च हुनसक्छ, सजग रहनुहोला। विदेशी मित्र र आफन्तबाट अप्रिय समाचारहरू प्राप्त होला। दाम्पत्य जीवनमा पनि समस्या आउनसक्छ।