शिवरात्रि विशेष: शिवजीको अत्यन्त प्यारो हुन्छ यी तीन राशि, सधैं सुख-समृद्धि प्राप्त हुन्छ !

फागुन २७ गते बिहिबार अर्थात् आज महाशिवरात्रि परेको छ। भोलेभण्डारीको महाशिवरात्रिमा विधिवत पूजा गरिन्छ। हिन्दु पन्चांग अनुसार फागुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिको दिनमा शिवरात्रि पर्छ। शिवरात्रिको दिन शिव मन्दिरमा शिवलिंगमा जल, दुध, दही, मह र बेलपत्रका साथ अभिषेक गरिन्छ। यस पटक महाशिवरात्रि शिव र सिद्धि नामक शुभ योगमा मनाइदैछ। भगवान भोलेनाथ आफ्ना भक्तहरूसँग छिटै प्रशन्न हुने देवता हुन्। महादेव स्वयं शिवको आश्रयमा जाने भक्तहरुको रक्षा स्वयम् भोलेनाथले गर्छन्।

ज्योतिष शास्त्र अनुसार भगवान शिवले १२ राशि माग्य विशेष गरी तीन राशिका मानिसलाई विशेष आशिर्वाद दिन्छन्। महाशिवरात्रिको पवन अवसरमा जान्नुहोस् यी तीन राशिका बारेमा….

मेष राशि 

वैदिक ज्योतिषका अनुसार मेष राशिको स्वामी मंगल ग्रह हो। भगवान शिवलाई मेष राशि अत्यन्त प्रिय हुन्छ। मेष राशिमा सधैं उनको शुभ दृष्टि हुन्छ। मेष राशिका मानिसमा सधैं शिवको कृपा रहनाले यस राशिका मानिसको जीवनमा सधैं सुख तथा समृद्धि रहन्छ।

मकर राशि 

मकर राशिको स्वामी शनि ग्रह हो। मकर राशि पनि शव जीको प्रिय राशिमा पर्छ। यस राशिमा शनि र शिव दुबैको कृपा हुन्छ। यस राशिका मानिसको जीवनमा आइपर्ने हरेक समस्या र आउने कठिनाई स्वयम् भगवान शिवले कम गर्छन्।

कुम्भ राशि 

कुम्भा राशिको स्वामी पनि शनि ग्रह हो। शनिदेव दुई राशि चिन्हहरूको स्वामी मानिन्छ। शनिको स्वामित्व रहेको यस राशिमा पनि शिव जीको कृपा सधैं रहन्छ। कुम्भ राशिका मानिसले शिव जीको पूजा आराधना गर्न आवश्यक छ।

प्रकाशित : बिहिबार, फागुन २७, २०७७१८:२३

के हो कालसर्प योग ? जान्नुहोस् अन्य योगहरु पनि !