काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकपटक पुनः क्रान्तिमा जाने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले एकपटक पुनः क्रान्तिमा जाने बताएका हुन्।
नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले माओसेत्वुङले ७२ बर्षमा सांस्कृति क्रान्ति गरेको उल्लेख गर्दै प्रचण्डले आफू पनि पुनः क्रान्तिमा जाने बताए। क्रान्ति गर्न उमेरले नछेक्ने प्रचण्डको भनाई छ।
प्रचण्डले भने,”जनयुद्ध शुरु गर्दा म् ४२ बर्षको थिए, अहिले म् ६७ बर्षको भए, उमेरले कति दिन्छ कतिपयले भन्छन्, उमेर भएकाले छोडदिन पर्यो भन्छन्, म् छोड्ने वाला छैन, माओसेत्वुङले ७२ बर्षमा सांस्कृति क्रान्ति गरेका थिए, म एक पटक फेरी क्रान्तिमा अगाडी जानेमा छु, मैले छोड्ने वालामा छैन । म लड्ने वाला मै छु । एउटा ब्याटल लडेपनि र जित्यौ पनि र अन्य दुइ चार वटा ब्याटल जित्नुपनि छ ।”
संसद् विघटनका विरुद्ध संविधान संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने षडयन्त्रका विरुद्ध देशव्यापी अभियान चलाएर आफूहरुले ब्याटल जितेपनि अन्य षड्यन्त्रको सामना गर्न बाँकि नै रहेको प्रचण्डले बताए। आफूहरुले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तनमाथि हमला भइरहेको प्रचण्डको भनाई छ।
“हामीले संसद् विघटनका विरुद्ध संविधान संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने षडयन्त्रका विरुद्ध देशव्यापी अभियान चलायौं र त्यो ब्याटल त जित्यौं । अझै पनि ठूल्ठूला षडयन्त्र भइराख्या छन् । तपाईं हामीले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तनमाथि हमला भइ नै राखेको छ ।”,उनले भने।
यस्तै प्रचण्डले आफू शान्तिपूर्ण क्रान्तिको पक्षमा रहेको पनि स्पष्ट पारेका छन्। अब आफू कुनै पनि हालतमा ओलीसँग सम्झौता नगर्ने प्रचण्डले बताए।