अब जनताबीच गएर फेरी एकपटक क्रान्ति गर्नेछु, म छोड्नेवाला छैन: प्रचण्ड

काठमाडौँ, फागुन २७ ।  नेकपा माओवादीका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादी र अवसरवादविरु फेरि एकपटक  क्रान्ति गर्ने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडा बिहीबार आयोजित एक कर्य्क्राममा सम्बोधन गर्दै प्रचण्डले  ‘एउटा ब्याटल जितेको र  अझै वा-र जित्न बाकी रहेको बताएका हुन्।

अध्यक्ष  दाहालले भनेका छन्, ‘ जनयु-द्ध सुरु गर्ने बेला म ४२/४३ वर्षको थिए, अहिले ६६/६७ भए।  कतिपयले उमेर भएकाले त छाडिदिनुपर्छ पनि भन्छन् तर  म छोड्नेवाला छैन।  म एकचोटी फेरि क्रा-न्तिमा जानेवाला छु ।’

लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने विरुद्धको देशव्यापी व्याटल जिते, अब  वा’र जित्न बाँकी रहेको भन्दै प्रचण्डले  एकचोटी फेरि  क्रान्ति गर्ने  बताएका हुन्। साथै अब  उनले  केहि वर्ष जनताको बीचमा गएर  क्रान्तिलाई सफल पार्ने  लक्ष्य बनाएका छन्।

प्रकाशित : बिहिबार, फागुन २७, २०७७१६:१३

हिजो ‘ओली हटाऊ देश बचाऊ’ भन्दै थिए, आज बालुवाटारमा !