हिजो ‘ओली हटाऊ देश बचाऊ’ भन्दै थिए, आज बालुवाटारमा !

काठमाडौँ – सर्वोच्च अदालतको निर्णयले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिए पछि जनता समाजवादी पार्टी(जसपा) तानातानमा छ। सत्ता समिकरणको जोड-घटाउका लागि नेकपा एमाले र माओवादी दुवै पार्टी लगातार जसपासँग छलफल गरिरहेका छन्। गएका केहि दिनहरुमा मात्रै जसपासँग दुवै दलले छुट्टा-छुट्टै छलफल गरिसकेका छन्।

यसै बीच प्रधानमन्त्री केपी शर्मा ओली र जसपाक नेताहरु बीच छुट्टै छलफल हने भएको छ। जसपाका नेताहरु र ओली बीच बालुवाटारमा छलफल हुन लागेको हो।

ओलीलाई भेट्न जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायत बालुवाटार जान लागेको बुझिएको छ।

वर्तमान राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री ओलीसँग जसपाले आफ्ना कुरा राख्नको लागि बालुवाटार जान लागेको जसपाका नेताहरुले बताएका छन्। बिहिबार पदाधिकारी बैठक बसेपश्चता ओलीलाई भेट्न जाने निर्णय भएको नेताहरुले बताए। सरकारमा सहभागी हुनका लागि विभिन्न सर्तहरु अगाडी सर्तहरु अगाडी सार्दै आएको जसपा र ओली बीच गहन छलफल हुने बताइन्छ।

बाबुरामको यूटर्न

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई ओलीका आलोचक मानिन्छन्। पछिल्ला केहि वर्ष देखि भट्टराईले लगातार ओलीलाई प्रधानमन्त्री पदबाट हटाउनुपर्ने बताउँदै आएका छन्।

बुधबार मात्रै भट्टराईले ‘ओली हटाऊ देश बचाऊ’ भन्दै ट्वीट गरेका थिए। भट्टराईले ओलीलाई नेपाली प्रतिगमनका मुख्य खलनायक भनेका मात्र थिएनन्, सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहन नमिल्ने बताएका थिए।

भट्टराईको ट्वीट थियो,”अखाद्य वस्तु नखानु प्राणी जगतको शाश्वत स्वभाव हो तर नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत ? यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरुको सिकारमा विषाक्त घाँस हाल्दैछन् । किन नबुझेको ?”

यस्तो ट्वीट गरेको २४ घण्टा नबित्दै बाबुराम ओलीलाई भेट्न बालुवाटार पुग्दैछन्।

प्रकाशित : बिहिबार, फागुन २७, २०७७१६:२३

बिना कपडा बाथटबमा देखिईन जरिन खान, तस्विर भाइरल!