यो घटना भारतको बेंगलुरुको हो। जहाँ एक महिलाले फुड डेलिभरी एप ‘जोम्याटो’ बाट खाना मगाएकी थिइन्। तर अर्डर ढिला भएकोले उनले उक्त अर्डर रद्द गरिन्। यसको बावजुद, केहि समय पछि डेलिभरी बोए खाना लिएर उनको घरमा पुग्यो। यस्तो अवस्थामा उनले खानेकुरा लिन इन्कार गरिन्। यस्तोमा डेलिभरी बोए चिढिए र आइमाईको अनुहारमा मुक्का मा-रे, जसले गर्दा महिलाको नाकबाट रगत बग्न थाल्यो। ती महिलाले इन्स्टाग्राममा भिडियो साझा गर्दै यो सम्पूर्ण घटनाको बारेमा बताएकी छिन्।
यो भिडियो इन्स्टाग्राम प्रयोगकर्ता हितेशा चंद्रानीबाट साझा गरिएको छ। हितेशा चंद्रानी पेशाले एक ब्यूटी ब्लगर हुन्। उनले भिडियोको क्याप्शनमा लेखिन, “जोमाटो, के हामी तपाईंको सेवा लिन पूर्ण रूपमा सुरक्षित छौं ??” यो भिडियोमा देख्न सकिन्छ कि उनको नाकबाट रगत बगिरहेको छ र उनी यस घटनाको बारेमा बताइरहेकी छिन्। यो भिडियो १३ लाख भन्दा धेरै मानिसले हारिसकेका छन्।

यो ३ मिनेट ५२ सेकेन्डको भिडियोमा उक्त महिला भन्छिन्,”साथीहरु मैले जोम्याटोबाट खाना अर्डर गरेको थिए, तर अर्डर ढिलो भएको कारण म ग्राहक सेवासँग कुरा गर्दै थिएँ। त्यहि समयमा डेलिभरी बोए अर्डर लिएर आइपुग्यो। उनी अगाडी भन्छिन्, जब मैले ढोका खोलेर अर्डर लिन अस्वीकार गरें डेलिभरी बोए क्रोधित भयो। उसले मसँग बहस गर्न सुरु गर्यो र त्यसपछि घरभित्र पसेर खाना टेबलमा राख्यो। मैले यसको विरोध गर्दा उनले मलाई धक्का दिएर म कसैको नोकर हैन भयो र मेरो नाकमा मुक्का हानेर भाग्यो।”

हितेशाका अनुसार डेलिभरी बोएको मुक्काको कारण उनको नाकको हड्डी भाँचिएको छ र शल्यक्रिया गर्नुपर्नेछ। उनले घटनाको बारेमा बेंगलुरु प्रहरीमा गुनासो गरेकी छिन्। जसपछि प्रहरीले डेलिभरी बोएलाई पक्राउ गरेको छ। यस मामिलाको जिम्मा लिँदै जोम्याटोले माफी पनि मागिसकेको छ र कम्पनीको स्थानीय अधिकारीले महिलासँग सम्पर्क गरेर पुलिस अनुसन्धान वा उपचारको लागि आवश्यक पर्ने सहयोग पुर्याउने भएको छ। कम्पनीले आरोपितलाई कडा कारबाही गर्नेछ। कम्पनीले मानिसलाई आश्वासन पनि दिएको छ कि भविष्यमा यस्तो घटना फेरि हुने छैन।
View this post on Instagram

