एजेन्सी – न्यूयोर्ककी सामंथा हार्टसो नाम गरेकी एक महिला बाथरुममा हुँदा अजिव महशुस गर्ने गरेकी थिइन्। बन्द बाथरुममा उनलाई कतैबाट हावा आइरहेको भान भइरहेको हुन्थ्यो। पहिला त उनले नजरअन्दाज गरिन्। तर, वास्तावमै कतैबाट हावा आएको लागेपछि उनी कताबाट हावा आयो भन्ने कुरा पत्ता लगाउन तर्फ लागिन्।
बाथरुममा कुनै झ्यान थिएन, मात्रै एक सानो भेन्टिलेटर थियो। तर त्यहाँबाट हावा आइरहेको थिएन। सामंथा बाथरुमको ध्यानपूर्वक जाँचमा जुटिन। त्यतिकैमा उनको नजर बाथरुममा भएको ऐनामा पर्यो। ऐना हल्लिरहेका देखेपछि उनले ऐनापछाडिबाट हावा आइरहेको थाहा पाइन् ।
ऐना हटाएर हेर्दा त्यहाँ भित्तामा १ जना मानिस छिर्न सक्ने प्वाल थियो । प्वालबाट हेर्दा उनले अर्को कोठा देखिन्। मास्क, पञ्जा लगाएर टर्च सहित उनी प्वाल भित्र जब पसिन्, उनी चकित मात्र परिनन् उनको होश नै उड्यो। खासमा त्यो एक कोठा मात्र थिएन, पूरै अपार्टमेन्ट थियो।
घटना यहि महिनाको शुरुवातको हो। २६ वर्षिया सामंथाका अनुसार अपार्टमेन्टको धेरै भाग राम्रोसँग बनाइएको नभएपनि बस्नको लागि उपयुक्त छ। न्यूयोर्क जस्तो शहरमा बस्नको लागि थप ठाउँ पाएर उनी मख्ख छिन्।
सामंथाले अपार्टमेन्ट फेला पार्दाको भिडियो पनि टिकटकमा राखेकी छन्। टिकटकमा उनले बाथरुमको छानबिन गर्दा देखि अपार्टमेन्ट फेला पार्दा सम्मका भिडियोहरु राखेकी छन्।
त्यहाँ त्यसरी खाली ठाउँ के प्रयोजनको लागि राखिएको हो भन्ने बारे अहिले सम्म पनि खुल्न सकेको छैन। यस विषयमा आफ्ना घरधनीसँग कुरा गर्ने सामंथा बताउँछिन्।