समस्त ग्रहहरुको राजा सूर्यदेव १४ मार्चको दिन कुम्भ राशिबाट मीन राशिमा प्रवेश गरेको छ । यस राशिमा सूर्य १३ अप्रिलसम्म अवस्थित रहनेछ। मीन राशिमा सूर्यको आगमनलाई मीन संक्रान्ति भनिन्छ। मीन संक्रान्तिको समयमा विवाह जस्ता मांगलिक कार्य हुँदैन। मीन राशिमा सूर्यको आगमनले चार राशिका मानिसहरूलाई समस्याहरू आइपर्न सक्छ। यी चार राशि चिन्हहरू निम्नानुसार छन्।
मेष राशि
सूर्यको मीन राशिमा गोचर तपाईंको लागि शुभ हुनेछैन। यस समयमा तपाईंले अधिक भाग-दौड गर्नुपर्ने हुनसक्छ। तपाईंको खर्चमा वृद्धि हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ, विशेषगरी आँखा सम्बन्धि समस्याले सताउँन सक्छ। अनावश्यक झै-झगडाबाट टाढा नै रहनुहोला। सन्तान सम्बन्धि चिन्ता मनमा रहला। प्रेम सम्बन्धमा समस्या आउनसक्छ।
सिंह राशि
तपाईंको स्वास्थ्यमा विपरित प्रभाव पर्नसक्छ। झगडा, विवाद र षड्यन्त्रकर्तासँग होशियार रहन जरूरी छ। तपाईंका आफ्नै मानिसले तपाईंको विपरित कार्य गर्न सक्छन्। कसैलाई ऋणको रूपमा अधिक पैसा नदिनुहोस्, अन्यथा आर्थिक नोक्सानको सम्भावना छ। भूमि सम्बन्धि समस्याको समाधान गर्नको लागि केहि समय लाग्न सक्छ।
कन्या राशि
सूर्यको मीन राशिमा हुने गोचरको प्रभावले तपाईंको वैवाहिक जीवनमा उथल-पुथल हुनसक्छ। विवाह-सम्बन्धित वार्तालापमा ढिलाइ हुनेछ। दाम्पत्य जीवनमा कटुता आउनसक्छ। प्रेमको सम्बन्धमा आपसी मतभेद बढ्न नदिनुहोस्। स्वास्थ्यमा विशेष ध्यान राख्न जरूरी छ। व्यापार व्यवसायीको लागि समय सोचे अनुरुप अनुकूल नरहला।
धनु राशि
सूर्यको गोचरको कारण तपाईंको खुसीमा कमी आउनसक्छ। यो समयमा पारिवारिक कलह तथा मानिसक अशान्तिको सामना गर्नुपर्ला। कार्यक्षेत्रमा झगडा-विवादको अवस्था आउनसक्छ, सजग रहनुहोला। तपाईंकै आफ्ना मानिसले तपाईंलाई अपमानित गर्ने कोशिस गर्नेछन्। आमा-बुबाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। घर जग्गा सम्बन्धि विषय जटिल हुनसक्छ।