काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्री माग गरेको छ। पछिल्लो समय सत्ता समिकरणका लागि तानातानमा परेको जसपाले प्रधानमन्त्री पदमा आफ्नो दावी प्रस्तुत गरेको हो।
सर्वोच्च अदालतको पछिल्लो फैसला पश्चात नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिएको छ। जससँगै ओली यति बेला सत्ता समिकरणको जोड-घटाउमा उत्रिएका छन्।
गएका दिनहरुमा नेकपा एमाले र जसपा बीच पटक-पटक वार्ता भइसकेका छन्। बिहिबारको बैठकमा जसपाले सरकारको नेतृत्व नै गर्ने प्रस्ताव गरेको बुझिएको छ। जसपाका नेता राजकिशोर यादवले सरकारको नेतृत्वमा आफूहरूको पनि दाबी रहेको बताए ।
प्रधानमन्त्री केपी ओलीसँग बिहीबार भएको वार्ता सकारात्मक रहेको र त्यसक्रममा आफूहरुले सरकारको नेतृत्व आफूहरुले गर्न पाउनुपर्ने माग राखेको यादवको भनाई छ।
जसपाको संसदीय दलको बैठक बस्दै
जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको नेता चयन गर्नको लागि जसपाको संसदीय दलको बैठक बस्न लागेको हो। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने बताइएको छ।
उक्त बैठकले राजेन्द्र महतोलाई पार्टीको संसदीय दलको नेता चयन गर्ने सम्भावना रहेको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण हुँदाको सहमति अनुसार महतो संसदीय दलको नेता चयन हुने अनुमान गरिएको छ।